जननेता मदन भण्डारी मेरो नेता, साथी, सहयोद्धा सबै हुनुहुन्थ्यो: अध्यक्ष ओली

झापा/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३३ वर्ष अगाडि दासढुंगामा भएको रहस्यमय घटनामा श्रद्धेय जननेता मदन भण्डारी र जीवराज आश्रितलाई गुमाएको बताएका छन्। आज मदन-आश्रितको ३३ औं स्मृति दिवसमा शुभकामना व्यक्त गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। उनले घाउहरू पुराना भए पनि समय बित्दै जाँदा तिनको दुखाइका स्मृति झन् गाढा हुँदा रहेछन् भदै स्मरण […]

Continue Reading

गौरादह उद्योग वाणिज्य संघ निर्वाचन: २० पदका लागि ३८ उम्मेदवार मैदानमा

मात्रिका पौडेल गौरादह, गौरादह उद्योग वाणिज्य संघको जेष्ठ ९ गते हुने निर्वाचनका लागि २० पदमा ३८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। प्रमुख निर्वाचन अधिकृत डिल्लीराम अधिकारीका अनुसार अध्यक्षदेखि सदस्यसम्म विभिन्न पदमा प्रतिस्पर्धा हुने भएको छ। गौरादहको व्यावसायिक नेतृत्व चयनका रूपमा हेरिएको निर्वाचनलाई स्थानीय व्यवसायीहरूले विशेष महत्वका साथ लिएका छन्।अध्यक्ष पदमा इश्वर कुमार खत्री (अधिकारी), दिल […]

Continue Reading

गौरादह उद्योग वाणिज्य संघ निर्वाचन : अध्यक्ष पदमा दिलबहादुर खत्रीको उम्मेदवारी, व्यवसायिक नेतृत्वप्रति आशा

गौरादह / गौरादह उद्योग वाणिज्य संघको यही जेठ ९ गते हुने निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार दिलबहादुर खत्रीप्रति उद्योगी–व्यवसायी तथा स्थानीयवासीहरूले ठूलो आशा व्यक्त गरेका छन्। खेलकुद क्षेत्रबाट आफ्नो पहिचान बनाएका खत्री विगत ३० वर्षभन्दा लामो समयदेखि गौरादहमा सफल व्यवसाय गर्दै आएका व्यक्तित्व हुन्।संघका वर्तमान उपाध्यक्षसमेत रहेका खत्री स्वतन्त्र छवि, शान्त र सालिन व्यक्तित्वका रूपमा परिचित […]

Continue Reading

डिजिटल मिडियाको विस्तार र जिम्मेवारीको प्रश्न

राजु पोख्रेल आजको सूचना प्रविधिको तीव्र विकाससँगै मिडियाको स्वरूप व्यापक रूपमा परिवर्तन हुँदै गएको छ। एक समय सूचना प्रवाहका प्रमुख माध्यमका रूपमा रहेका पत्रपत्रिका, रेडियो र टेलिभिजन अहिले डिजिटल प्लेटफर्महरूसँग प्रतिस्पर्धा गरिरहेका छन्। फेसबुक, युट्युब, टिकटकलगायत सामाजिक सञ्जालहरूले सूचना आदानप्रदानलाई अत्यन्त सहज, छिटो र सर्वसुलभ बनाइदिएका छन्। यस परिवर्तनले हरेक नागरिकलाई आफ्ना विचार, अनुभव र […]

Continue Reading

न्यूनतम सेवा मापदण्ड कार्यान्वयन, सेवा गुणस्तर सुधार र नागरिकमैत्री स्वास्थ्य प्रणाली निर्माणमा जोड

कमल/ कमल गाउँपालिका वडा नम्बर ५ स्थित सामुदायिक स्वास्थ्य इकाई (सिम्ले) मा स्वास्थ्य सेवा सुदृढीकरण, गुणस्तरीय सेवा प्रवाह तथा नागरिकमैत्री स्वास्थ्य प्रणाली निर्माण गर्ने उद्देश्यले अभिमुखीकरण, समीक्षा तथा कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न भएको छ। स्थानीय तहको आधारभूत स्वास्थ्य सेवालाई थप व्यवस्थित, उत्तरदायी र सेवाग्राहीमैत्री बनाउने लक्ष्यसहित आयोजित कार्यक्रमले स्वास्थ्य संस्थाको संस्थागत क्षमता अभिवृद्धिमा योगदान पुर्‍याउने […]

Continue Reading

पाडाजुङ्गी स्वास्थ्य केन्द्रमा न्यूनतम सेवा मापदण्ड अभिमुखीकरण, विपन्न सुत्केरीलाई पोषण सामग्री वितरण

झापा । कमल गाउँपालिका वडा नम्बर ५ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र पाडाजुङ्गीमा स्वास्थ्य सेवा सुदृढीकरणसँग सम्बन्धित महत्वपूर्ण कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य संस्थाको सेवा प्रवाहलाई अझ प्रभावकारी, गुणस्तरीय र सेवाग्राहीमैत्री बनाउने उद्देश्यले न्यूनतम सेवा मापदण्ड अभिमुखीकरण, समीक्षा तथा कार्ययोजना निर्माण कार्यक्रम आयोजना गरिएको हो।कमल गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष लाल बहादुर विष्टको […]

Continue Reading

ग्लोबल एजुकेशनल एकेडेमीको उत्कृष्ट नतिजा : पाँच विद्यार्थीले ल्याए ४.० जिपिए

झापा/दमक–६ स्थित ग्लोबल एजुकेशनल एकेडेमीले यस वर्षको एसईई परीक्षामा उत्कृष्ट सफलता हासिल गरेको छ। विद्यालयका पाँच विद्यार्थी—प्रतीक अर्याल, पूजन पौडेल, रोनिश दाहाल, रोशन बिमली र स्वेच्छा अधिकारीले ४.०  जिपिए प्राप्त गर्दै विद्यालयलाई गौरवान्वित बनाएका हुन्।विद्यालयका प्रिन्सिपल गुणराज अधिकारीले यस उपलब्धिलाई विद्यार्थीहरूको कठोर मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकहरूको निरन्तर सहयोगको प्रतिफल भएको बताए। उनले उत्कृष्ट नतिजाले […]

Continue Reading

रास्वपाको पहिलो महाधिवेशन चितवनमा : असार ७, ८ र ९ गते हुने

झापा/ राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा हुने भएको छ। आज बिहान बसेको केन्द्रीय समितिको बैठकमा असार ७, ८ र ९ गते चितवन गर्ने तय भएको रास्वपाका नेता प्रमोद न्यौपानेले जानकारी दिए। बैठकमा महाधिवेशनको लागि विभिन्न समिति समेत गठन भएको छ। यसैगरी अहिलेको केन्द्रीय समितिलाई आयोजक समितिमा रुपान्तरण गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी २०७९ सालको […]

Continue Reading

द एभरेष्टद्वारा बिरामीलाई सहयोग

दमक/दमक -५ बेलडाँगी रोडमा मुख्य कार्यालय रहेको द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले जिल्लाको कनकाई नगरपालिकास्थित सुरुङ्गाका एक अशक्त विरामीलाई नगद सहयोग प्रदान गरेको छ ।दुवै हात, खुट्टा गुमाएका २६ बर्षिय उमेश खाँतीलाई संस्थाको एक टोली सोमबार घरमै पुगेर नगद १५ हजार ५ सय ५ रुपैया आर्थिक सहयोग उपलव्ध गराएका हुन् । संस्थाका अध्यक्ष […]

Continue Reading

एसईई दिएका विद्यार्थीहरूका लागि विराटनगरमा वृहत् प्राविधिक तथा व्यावसायिक शिक्षा मेला जेठ २ र ३ गते

विराटनगर । एसईई परीक्षा दिएका विद्यार्थीहरूलाई लक्षित गर्दै विराटनगरमा वृहत् प्राविधिक तथा व्यावसायिक शिक्षा मेला तथा सीप प्रदर्शनी आयोजना हुने भएको छ । कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) कोशी प्रदेश कार्यालयको संयुक्त आयोजनामा विराटनगरस्थित श्री आदर्श माध्यमिक विद्यालयमा आगामी २०८३ साल जेठ २ र ३ गते […]

Continue Reading