स्थानीय तह उपनिर्वाचनको तयारी अन्तिम चरणमा

झापा ।आइतबार हुने स्थानीय तह उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।उपनिर्वाचन हुने स्थानीय तहका जिल्ला निर्वाचन कार्यालयहरूले सम्बन्धित स्थानीय तहमा खटिएका कर्मचारीहरूलाई ५८ प्रकारका निर्वाचन सामग्री हस्तान्तरण गरेका छन् । सुरक्षा संवदनशीलतालाई मध्यनजर गर्दै मतदान हुने अघिल्लो दिनदेखि नै वडा र पालिका सिल गर्ने तयारी छ । आइतबार हुने स्थानीय तह उपनिर्वाचनको प्रचार प्रसारको […]

Continue Reading

एसीसी यु—१९ एशिया कप : नेपाल श्रीलङ्कासँग ५५ रनले पराजित

झापा ।एसीसी १९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटमा नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ५५ रनले पराजित भएको छ । श्रीलङ्काले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभर २ बलमा १ सय ७८ रनमा अलआउट भयो । नेपालका मयन यादवले सबैभन्दा धेरै ६२ रन बनाए । श्रीलङ्काका प्रभीन मनीषाले ३ विकेट लिए । यसअघि […]

Continue Reading

अष्ट्रेलियामा १६ वर्षमुनि सामाजिक सञ्जाल चलाउन नपाइने विधेयक पारित

सिड्नी ।अस्ट्रेलियाको संसदले १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विधेयकलाई अनुमोदन गरेको छ । विधेयक पारित भएपछि भविष्यमा अष्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाइनेछ । यो प्रतिबन्ध कम्तिमा १२ महिनापछि लागू हुनेछ । यदि प्राविधिक कम्पनीहरूले यो कानून पालन गरेनन् भने उनीहरूलाई ५ करोड अष्ट्रेलियाली डलर जरिवाना लगाइनेछ । युवाहरूलाई सामाजिक […]

Continue Reading

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक,नीतिगत व्यवस्थामा यथावत

झापा ।नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।केन्द्रिय बैंकले पहिलो त्रैमासको मौद्रिक समीक्षामा कुनै पनि नीतिगत हेरफेर गरेको छैन । चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समीक्षामा पुरानै व्यवस्थालाई निरन्तरता दिएको छ ।मौद्रिक नीतिमा गरेको नीतिगत दरलाई ५ प्रतिशत, निक्षेप संकलन दरलाई ३ प्रतिशत र बैंक दरलाई […]

Continue Reading

सताक्षीधाममा नवनिर्मित ८७ धाराको मुख्यमन्त्रीद्वारा  उद्घाटन

झापा ।झापाको शताक्षीधाममा नवनिर्मित ८७ धाराको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्नुभएको छ । सताक्षीधाम आउने तीर्थालुका लागि स्नान गर्न मिल्ने धारा निर्माण भएको धाराको आज बिहीबार मुख्यमन्त्री कार्कीले उद्घाटन गर्नुभएको हो । धाराको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले कोशी सरकारले पर्यटन क्षेत्रको विकासका लागि विशेष कार्यक्रम ल्याउने जानकारी दिनुभयो । २०८२ साललाई कोशी प्रदेश […]

Continue Reading

कोशी प्रदेश स्वास्थ्य मन्त्रालयमा ४१ करोड बढी बेरुजु

विराटनगर/कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयमा मात्र ४१ करोड ३९ लाख १३ हजार रुपैयाँ बेरुजु देखिएको छ। स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले बिहीबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा स्वास्थ्य मन्त्रालयमा कुल ४१ करोड ३९ लाख १३ हजार बेरुजु रहेको जानकारी दिएका हुन्। भ्रष्टाचारमा शून्य सहनशीलता र सुशासन आफ्नो पहिलो संकल्प रहेको मन्त्री राईले […]

Continue Reading

महारानीझोडाका धनिपुर्जा प्रधानमन्त्रीद्वारा वितरण गरिदै

झापा/झापाको महारानीझोडा जग्गा समस्या समाधान उन्मुख भएको छ । ४८ वर्षदेखि नक्सा प्रमाणित नभएर झापाको गौरादह नगरपालिका वडा नं ४ र ५ का बासिन्दा धनिपुर्जा बिहिन थिए । सरकारले गठन गरेको जग्गा दर्ता समितिले धनिपुर्जा बितरणको तयारी गरेको हो । साउन २४ गते गठित समितिले धनिपुर्जा बितरणको तयारी गरेको हो ।गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीका […]

Continue Reading

दमक भ्यु टावरको उद्घाटन हुने

दमक/झापाको दमक बिजने कम्प्लेक्स (भ्यु टावर) उद्घाटन हुने भएको छ । सरकारले टावर सँगै अन्य भवनहरुको सञ्चालन कार्यविधि ल्याएसँगै अब भ्यु टावर सञ्चालन हुने भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले दमक ३ मा निर्माण भएको एक सय मिटर अग्लो टावरको उद्घाटन गर्दैछन् । मंसिर २३ गते टावर उद्घाटन हुने भएको हो । एक अर्ब ४५ […]

Continue Reading

पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै

झापा ।ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दै गएको छ ।पाथीभराको दर्शनसँगै यस क्षेत्रको प्राकृतिक सुन्दरतामा रमाउन विदेशी पर्यटकको आगमन उल्लेखनीय रूपमा बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।यसअघि नेपाल बाहिर विशेषगरी छिमेकी मुलुक भारतका भक्तजन आउने गरेका पाथीभरामा पछिल्लो समयमा अमेरिका, जापान, थाइल्याण्ड, नेदरल्याण्डलगायत मुलुकहरूबाट पनि पर्यटक आउन थालेका क्षेत्र […]

Continue Reading

विमानस्थलको भीड देखाएर अतिरञ्जित गरियो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैदेशिक रोजगारीमा जानेहरुको विमानस्थलको भीड देखाएर अतिरञ्जित प्रचार गरिएको गुनासो गरेका छन् । सामाजिक सुरक्षा दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एयरपोर्टको भीड देखाएर अतिरञ्जित गरिएको बताएका हुन् । ‘एयरपोर्टमा भीड देखाउँछन् । जानेको कि आउनेको छुट्याउँदैनन्,’ ओलीले भने, ‘त्यो फर्किएको चाहिँ भन्दैनन् ।’ रोजगारीका लागि […]

Continue Reading