कोशीका मुख्यमन्त्रीको गुनासो -संघीय सरकारमा अधिकार दिनु हुँदैन भन्ने मनसाय देखिन्छ

झापा ।कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकार प्रदेशलाई अधिकार दिन तयार नभएको बताएका छन् । प्रदेशको एकल अधिकारमा पनि संघीय सरकारले अंकुश लगाएको उनको गुनासो छ । आइतबार प्रदेश तहमा निर्मित कानुनको अध्ययन तथा समीक्षा प्रतिवेदन प्रस्तुतिकरण कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेशलाई अधिकार नदिने मनसाय संघीय सरकारमा देखिएको बताएका हुन् । ‘एकल अधिकार दिनसमेत संघीय सरकार […]

Continue Reading

टी -२० विश्वकपको उपाधी भारतले उचाल्यो,दक्षिण अफ्रिका ७ रनले पराजित

झापा । भारतले आईसीसी टी–२० विश्वकप क्रिकेट सन् २०२४ को उपाधि जितेको छ । फाइनलमा दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारतले दोस्रोपटक उपाधि जितेको छ । भारतले यसअघि सन् २००७ मा पहिलो पटक टी–२० विश्वकपको उपाधि जितेको थियो । भारतले दिएको एक सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा आठ विकेट गुमाएर एक […]

Continue Reading

आज २१ औँ राष्ट्रिय धान दिवस,देशका बिभिन्न भागमा रोपाई महोत्सबको आयोजना

झापा ।आज असार १५ अर्थात राष्ट्रिय धान दिवस देशभरका बिभिन्न स्थानमा कार्यक्रम गरि मनाईदै छ ।साथै दही चिउरा खाने पर्व पनि मनाइँदै छ। असार १५ दही चिउरा खने दिनको रुपमा किसानमाझमा लोकप्रिय प्रसिद्ध पर्व हो।वि.सं. २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो।कृषिमा परनिर्भरता बढ्दै […]

Continue Reading

झापामा धारिलो हतियार प्रहार गरी वृद्धा महिलाको हत्या,एक युवक पक्राउ

झापा ।झापाको भद्रपुरमा धारिलो हतियार सिक्कल प्रहार गरी एक वृद्धा महिलाको हत्या गरिएको छ । हत्या गर्ने भद्रपुर नगरपालिका-२ पृथ्वीनगरस्थित डिगाँउ निवासी अन्दाजी ४० वर्षीय राजेश तामाङलाई पक्राउ परिसकेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । शुक्रबार दिउँसो साढे ३ बजेको समयमा राजेशले सोही ठाउँका ७० वर्षीया गौरीमाया तामाङको घाँटीको दाहिने भागमा […]

Continue Reading

मदन भण्डारीको ७३औँ जन्मजयन्ती आज

झापा /तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीको आज ७३ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदैछ। जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले विविध कार्यक्रम आयोजना गर्दै आएको छ। विसं २०४९ माघ १४–२० मा सम्पन्न एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनमा जननेता भण्डारीबाट प्रस्तुत र पारित ‘नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद’ अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रुपमा रहेको छ। […]

Continue Reading

मन्त्रीपरिषद्ले मात्रै बजेट रकमान्तर गर्नसक्ने व्यवस्था गर्नुपर्छ : देवेन्द्र दाहाल

झापा /नेकपा एमालेका राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले मन्त्रीपरिषद्ले मात्रै बजेट रकमान्तर गर्नसक्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्दै सदस्य दाहालले अर्थ मन्त्रालयले बजेट रकमान्तर गर्ने भन्दा पनि मन्त्रीपरिषद्ले मात्रै बजेट रकमान्तर गर्नसक्ने व्यवस्था गर्नुपर्ने बताएका हुन् । उनले बजेट रकमान्तर गर्ने सम्बन्धमा अर्थमन्त्रलयले सिधै गर्ने प्रावधान राखेको भन्दै त्यसलाई नेपाल […]

Continue Reading

एसईई नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत परीक्षार्थी उत्तीर्ण

१२ असार काठमाडौ ।यस बर्षको एसईई परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरेको हो । परीक्षामा सहभागी कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।जसमध्ये १८६ जनाको ४ जिपिए आएको छ भने ५२.१४ प्रतिशत परीक्षार्थी फेल भएका छन् । २२१ जना […]

Continue Reading

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षा हुने

झापा/जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, कोशी र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया […]

Continue Reading

अबिरल बर्षाले बिराटनगर जलमग्न,जनजीबन प्रभावित

झापा ।निरन्तरको बर्षाका कारण मोरङको विराटनगर जलमग्न भएको छ । गएरातिदेखि परेको अविरल वर्षाले विराटनगर महानगरपालिकाका १९ वटै वडाबासी डुबानबाट प्रभावित भएका छन् । डुबानका कारण बुधबार अधिकांश विद्यालय बन्द भएका छन् । सडक भन्दामाथि नाला निर्माण हुनु र नालाको पानीले पनि निकास नपाउँदा हरेक वर्ष महानगर डुबानमा पर्दै आएको छ । महानगर–३ को हिमाली […]

Continue Reading

राप्रपामा विशेष महाधिवेशन गर्नुपर्ने रेखा थापाको माग

झापा /राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले राष्ट्रवादी आन्दोलनलाई मूर्तरुप दिन विशेष महाधिवेशनबाट नयाँ ऊर्जा लिएर अघि बढ्नु पर्ने बताएकी छन्। राप्रपाको सुस्त संगठन संरचना र पार्टीमा आकर्षणको कमी भएको बेला विशेष महाधिवेशन गर्न हिच्किचाउनु नहुने उनले बताइन् । यस्तो कदम पार्टी र विचारको हितमा हुने ठहर राप्रपा कार्यसम्पादन समिति सदस्य थापाले गरेकी हुन् । […]

Continue Reading