झापा/दशैँ र तिहारको लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुला हुने भएको छ।
आज (मंगलबार) यातायात व्यवस्था विभागमा सरोकारवाला निकायहरूबीच बसेको उच्चस्तरीय बैठकले उक्त निर्णय गरेको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले जानकारी दिए।
उनले भने, ‘आज बसेकाे बैठकले २३ असाेजदेखि अग्रिम टिकट बुकिङ खुला हुने निर्णय गरेकाे छ।’
काठमाडौँ उपत्यकाबाट हरेक वर्ष करिब १५ लाख देखि २० लाख यात्रु बाहिरिने गरेका छन्।
What do you feel about this post?
0%

Like
0%

Love
0%

Happy
0%

Haha
0%

Sad
0%



