लोकतान्त्रिक शक्तिलाई विजयी गराउनु सबैको जिम्मेवारी : एमाले उपाध्यक्ष बादल

ताजा समाचार मुख्य समाचार

दमक । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले देशमा लोकतान्त्रिक र अधिनायकवादी शक्तिबीच संघर्ष सुरु भएको बताउनुभएको छ । उहाँले जेनजी आन्दोलनलाई कब्जामा लिएको शक्तिले लोकतन्त्रलाई समेत कब्जा गर्न खोजेको धारणा व्यक्त गर्नुभयो ।

शुक्रबार झापाको दमकमा पुनर्निर्माण गरिएको एमाले पार्टी कार्यालयको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता थापाले लोकतान्त्रिक शक्तिलाई पुनः विजयी गराउनु सबै लोकतान्त्रिक शक्तिहरूको जिम्मेवारी भएको बताउनुभयो ।

एमाले संसदीय दलका नेतासमेत रहनुभएका थापाले विध्वंसको जगमा उभिएका शक्तिहरूले लोकतान्त्रिक शक्तिभित्र समेत विखण्डन निम्त्याइरहेको आरोप लगाउनुभयो । जनअधिकार र लोकतन्त्रको रक्षाका लागि अधिनायकवादलाई परास्त गर्नुको विकल्प नरहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा भवन पुनर्निर्माण समितिका संयोजक अम्बिका खनालले जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको पार्टी कार्यालय जनस्तरबाट प्राप्त सहयोगमा पुनर्निर्माण सम्पन्न गरिएको जानकारी दिनुभयो ।

सो अवसरमा भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने लक्ष्मी बरालसहित पुनर्निर्माणमा सहयोग पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

तिहार तथा छठलगायतका पर्वको अवसरमा शुभकामना आदानप्रदानसहित कार्यक्रम आयोजना गरिएको एमाले दमक नगर अध्यक्ष राम पौडेलले जानकारी दिनुभयो ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *