मेची बहुउद्देश्यीय सहकारीद्वारा अन्तर सेवा कार्यालयस्तरीय बाल बचतकर्ताबीच हाजिरी जवाफ सम्पन्न

ताजा समाचार मुख्य समाचार समाज

दमक/ मेची बहुउद्देश्यीय सहकारी संस्था लि.ले आज अन्तर सेवा कार्यालयस्तरीय बाल बचतकर्ताहरूबीच हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ। प्रतियोगितामा विभिन्न सेवा कार्यालयअन्तर्गतका बाल बचतकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
प्रतियोगितामा गौरादह सेवा कार्यालय प्रथम स्थान हासिल गर्न सफल भयो। गौरादहको टोलीमा यमन न्यौपाने, आविष्कार न्यौपाने र जष्टिन कोइराला सहभागी थिए।
त्यसैगरी, मिक्लाजुङ सेवा कार्यालय द्वितीय स्थानमा रह्यो। उक्त टोलीमा बविना पौडेल, प्रभास पौडेल र शिव कार्की रहेका थिए।
दमक सेवा कार्यालयले तृतीय स्थान प्राप्त गरेको छ। दमक टोलीमा हिमानी बस्नेत, दर्शन पाठक र युसन फुयाल सहभागी थिए।
बिर्तामोड सेवा कार्यालयका कदिप अधिकारी, रिशव खतिवडा र स्वस्तिमा प्रसाईको टोली तथा कमल सेवा कार्यालयका धर्तिका बराल, उपहार पौडेल र करण कोइरालाको टोलीले सान्त्वना स्थान हासिल गरेका छन्।
बालबालिकामा बचत संस्कारसँगै बौद्धिक क्षमता, नेतृत्व विकास र स्वस्थ प्रतिस्पर्धाको भावना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ। प्रतियोगितामा सहभागी बाल बचतकर्ताहरूले उत्साहपूर्ण प्रस्तुति दिएका थिए।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *