बासबारी स्वास्थ्य सेवा केन्द्रको MSS अंक ७२ बाट ८४ प्रतिशतमा सुधार

ताजा समाचार मुख्य समाचार स्वास्थ्य

दमक। कमल गाउँपालिका–१ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र बासबारीमा स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्ड (MSS) सम्बन्धी अभिमुखीकरण, समीक्षा, फलोअप तथा सुदृढीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा सेवा प्रवाह, सरसफाइ, अभिलेख तथा औषधि व्यवस्थापनलगायत विषयमा समीक्षा गरिएको थियो। वडा अध्यक्ष केदार कटुवालले गुणस्तरीय र नागरिकमैत्री स्वास्थ्य सेवा प्रवाहका लागि MSS को प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभयो।
कमल नगर अस्पताल प्रमुख जनस्वास्थ्य निरीक्षक कुशल श्रेष्ठका अनुसार अघिल्लो आर्थिक वर्षमा ७२ प्रतिशत रहेको MSS अंक यस वर्ष ८४ प्रतिशत पुगेको छ। स्वास्थ्य शाखा प्रमुख दिपक प्रसाद दहालले नियमित अनुगमन र कार्ययोजना निर्माणलाई निरन्तरता दिइने जानकारी दिनुभयो।
यसैबीच, घरधुरी सर्वेक्षणमार्फत खोप छुट तथा ड्रपआउट भएका बालबालिकालाई नियमित खोप कार्यक्रममा समेटिएपछि कमल गाउँपालिका–१ लाई “पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा” घोषणा गरिएको छ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *