इजरायल र हमासबीच अस्थायी युद्धविरामको तयारी

हमासका राजनीतिक नेताले गाजा पट्टीमा लडाई रोक्नका लागि नयाँ प्रस्तावको अध्ययन गरिरहेको पुष्टि गरेका छन् । हमास नेता इस्मेइल हानियाले इजरायल, अमेरिका, कतार र इजिप्टले तय गरेको युद्धविरामको ढाँचामा छलफल गर्न आफ्नो समूहलाई आमन्त्रित गरिएको बताएका छन् । छ हप्ताको युद्धविरामको प्रस्ताव गरिएको बताइएको छ । जसमा पहिलेजस्तै इजरायली बन्धकसँग प्यालेस्टाइनी कैदीहरु साटफेर गरिनेछ । […]

Continue Reading

माघ २८ गतेदेखि ५औ दमक महोत्सव हुने

दमक/ झापाको दमकमा ५औ दमक महोत्सव सुरु हुने भएको छ । दमक नगरपालिका-७ स्थित सयपत्रि टोलमा यहि माघ २८ गतेदेखि फागुन १२ गतेसम्म दमक महोत्सव सुरु हुने भएको हो । स्थानीय उत्पादनको विकास र बजारीकरणका लागि महोत्सव आयोजना गरिन लागिएको जनाइएको छ । आज भएको पत्रकार सम्मेलनमा महोत्सवले स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगको […]

Continue Reading

माघ २२ गते देशभर फिल्म हल बन्द गरिने

झापा/ चलचित्र प्रदर्शक तथा वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घले चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा आगामी माघ २२ गते सोमबार देशभरका चलचित्र भवन बन्द गर्ने भएको छ । सङ्घका महासचिव नरेन्द्र महर्जनले मूल्य अभिवृद्धि बाहेकका अन्य अव्यावहारिक कर खारेजीको माग गर्दै आन्दोलनस्वरूप उक्त एक दिन नेपालभर कुनै पनि चलचित्र भवन सञ्चालन नगर्ने […]

Continue Reading

पश्चिमी पाकिस्तानमा छ आतंककारीको मृत्यु

पश्चिमी पाकिस्तानको बलुचिस्तान प्रान्तमा सुरक्षा बलसँग रातभर चलेको मुठभेडमा कम्तीमा छ आतंककारी मारिएको एक अधिकारीले बताएका छन् ।  प्रान्तीय सरकारका प्रवक्ता जान अचकजाईले अर्धसैनिक मुख्यालय र एक प्रहरी चौकीसहित कम्तीमा तीन वटा राज्य सुविधामा सुरक्षा बलहरूले समन्वित हमलालाई असफल बनाइदिएको बताए ।  उनले मध्य बोलान जिल्लामा हमलाका क्रममा छ आतंककारी मारिएको जानकारी दिए। मेडिकल उद्धार टोलीले हमलामा १३ सर्वसाधारण घाइते भएका र तीमध्ये […]

Continue Reading

सुल्तान इब्राहिमद्वारा मलेसियाको सत्रौँ राजाको रूपमा शपथ ग्रहण

सुल्तान इब्राहिम सुल्तान इस्कन्दरले बुधबार क्वालालम्पुरको दरबारमा विशेष समारोहबीच मलेसियाको १७ औँ राजाको रूपमा शपथ लिएका छन् । पेराक राज्यका शासक सुल्तान नाजरिन शाहले आगामी पाँच वर्षसम्म राज्यको उप–प्रमुखको रूपमा सेवा गर्नेछन् । प्रधानमन्त्री अनवर इब्राहिम आफ्ना क्याबिनेट मन्त्रीहरूसँग नयाँ राजाको शपथ ग्रहण हेर्न समारोहमा उपस्थित भएका थिए । उनका पूर्ववर्ती पाहाङ राज्यका शासक सुल्तान […]

Continue Reading

यू १९ विश्वकप : सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित

आईसीसी यू १९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । दक्षिण अफ्रिकाको ब्लुम्फोन्टिनमा भएको खेलमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ७० रनको लक्ष्य बंगलादेशले २५ ओभर २ बलमा ५ विकेट गुमाउँदै भेट्टायो । नेपालका सुवास भण्डारीले बंगलादेशको ५ वटै विकेट झारेका […]

Continue Reading

गठबन्धनका कारण देश गम्भीर अवस्थामा छः केपी ओली

झापा/एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धनका कारण देश गम्भीर अवस्थामा पुगेको बताएका छन्।बुधवार सिन्धुपाल्चोकका पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले सरकारमा जान हतार नगर्ने र गठबन्धनले काम गर्न नसके जुर्मुराउनुपर्ने बताए। उनले ०८४ को निर्वाचनमा सम्पूर्ण ठाउँ एमालेले जित्नुपर्ने बताए। अध्यक्ष ओलीले गठबन्धनका कारण अहिले देशमा ग्रहण […]

Continue Reading

चीनमा घट्दो जनसङ्ख्याको प्रभाव : अविवाहितको बिहे गराइदिए लमीलाई नगद पुरस्कार !

झापा/लैङ्गिक असमानता बढ्दै जाँदा चीनका स्थानीय तहहरुले अविवाहितको विवाह गराउने नयाँ नयाँ जुक्ति निकाल्न थालेका छन् । चीनका विभिन्न प्रान्तका स्थानीय तहले विवाह गराएबापत लमीहरुलाई प्रोत्साहनस्वरुप पैसा एवम् अन्य सुविधा दिनेजस्ता कार्यक्रम अघि सारेका छन् । चीनको शाङ्क्शी र गुआङडोङजस्ता प्रान्तका स्थानीय सरकारले ३० देखि ४५ वर्षका अविवाहितको विवाह गराइदिने लमीलाई ६ सयदेखि १ हजार […]

Continue Reading

इटालीका किसानहरूको आन्दोलन तीव्र

दर्जनौँ इटालेली किसानहरूले मङ्गलबार मिलान नजिकै ट्र्याक्टरहरूबाट विरोध प्रदर्शन गरेका छन् । यो किसानहरूको जीविकोपार्जनको डरले मुलुकभर साना प्रदर्शनहरूको शृङ्खलामा पछिल्लो प्रदर्शन हो । हालैका साताहरूमा सिसिलीबाट ट्रेन्टोसम्म अचनाक विरोध प्रदर्शन सुरु भएका छन् । सडकहरू अवरुद्ध गर्ने समाचार अहिले नियमित भएको छ । यद्यपि तिनीहरू अहिलेसम्म फ्रान्स, जर्मनी वा बेल्जियममा किसान प्रदर्शनको स्तरसम्म पुगेका […]

Continue Reading

भुटानको मन्त्रीपरिषदमा तीन नेपाली भाषी, शरणार्थीहरुको बढ्यो चासो

झापा/ भुटानमा तीन जना नेपाली भाषी मन्त्री बनेका छन्। भुटानी राजा जिग्मे खेसर नामग्याल वाङचुकबाट छिरिङ तोब्गे औपचारिक रुपमा प्रधानमन्त्री पदमा दोस्रो पटक नियुक्त भएसँगै तोब्गेले गठन गरेको नवगठित नौ सदस्यीय भुटानी मन्त्रिपरिषद्धमा तीन जना नेपाली भाषीलाई मन्त्रालयको जिम्मेवारी दिएका हुन्। तोब्गेको मन्त्री मण्डलमा नेपाली भाषी डिएन ढुंगेललाई परराष्ट्रमन्त्रीको जिम्मेवारी दिइएको छ। शिक्षामन्त्रीमा डिम्पल थापा […]

Continue Reading