यमपञ्चकको तेस्रो दिन :धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी मनाइँदै

झापा ।यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ ।यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज […]

Continue Reading

तिहारको पहिलो दिन :आज काग तिहार

झापा ।कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार। विभिन्न परिकार खान दिई बुधबार कागको पूजा गरिँदैछ।शनिबार १७ घडी ८ पला अर्थात् दिउँसो १ बजेर ५ मिनेटसम्म त्रयोदशी रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। यमपञ्चकको पहिलो दिन कागको पूजा गर्ने विधान रहेको परेको समितिका अध्यक्ष प्राश्रीकृष्ण अधिकारीले जानकारी दिए। तर तिथिका हिसाबले मंगलबार नै त्रयोदशी लागेको समितिले […]

Continue Reading

आजबाट यमपञ्चक सुरु, आज धनतेरस

झापा ।प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ । बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु भएको हो ।बिहान ११ः०१ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले […]

Continue Reading

नेपाल साफ महिला च्याम्पियनसिपको फाइनल प्रवेश,उपाधिका बंगलादेशसँग भिड्ने

झापा ।नेपाल साफ महिला च्याम्पियनशिप फुटबलको फाइनलमा पुगेको छ ।त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको दोस्रो सेमिफाइनलमा नेपालले पाँच पटकको विजेता भारतलाई पेनाल्टी शुटआउटमा ४–२ गोलले हरायो ।यसअघि निर्धारित ९० मिनेटको खेलमा १–१ गोलको बराबरी भएको थियो । निकै तनावपूर्ण बनेको खेलमा नेपालका लागि सावित्रा भण्डारीले गोल गरिन् । भारतका लागि सङ्गीता बस्फोरेले गोल गरिन् ।खेलको […]

Continue Reading

यात्रु बसहरुबीचको प्रतिस्पर्धाले झापामा सवारी दुर्घटना बढे, १० दिनमा ४७ सवारी दुर्घटना, ५ जनाको मृत्यु

झापा ।झापामा यात्रु बसहरुबीचको प्रतिस्पर्धाले सवारी दुर्घटनाका घटनामा बृद्धि भएका छन् । कार्तिक महिनाको एकहप्ताको अबधिका मात्रै झापामा ४७ वटा दुर्घटना भएका थिए । जसमा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ पुरुष र एक बालिकाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा ६ जना गम्भीर घाइते र ४९ जना सामान्य […]

Continue Reading

डेङ्गी नियन्त्रणमा सरकारको चासो, देशव्यापी रुपमा लामखुट्टेको बासस्थान ‘खोज र नष्ट गर’ अभियान शुरु

झापा ।सरकारले डेङ्गी नियन्त्रणका लागि आज देशभरका कार्यालयमा सरसफाइ अभियान सञ्चालन गरेको छ । सरकारले डेङ्गीको सङ्क्रमण बढिरहेकाले आजदेखि देशव्यापी रुपमा लामखुट्टेको बासस्थानको ‘खोज र नष्ट गर’ अभियान थालेको हो ।स्वास्थ्य मन्त्रालयले डेङ्गी रोकथाम तथा नियन्त्रणका लागि हरेक शुक्रबार ‘१० बजे १० मिनेट’ कार्यक्रममा सहभागी हुन मन्त्रालय, विभाग, निजामति कर्मचारी, सुरक्षा निकाय, सामाजिक अभियन्ताका साथै […]

Continue Reading

रवि लामिछानेलाई थप सात दिन थुनामा राख्न अदालतको अनुमति

झापा ।पूर्वउपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न बिहीवार अदालतले प्रहरीलाई अनुमति दिएको छ।सहकारी ठगी प्रकरणमा उनीविरुद्ध परेको उजुरीका सम्बन्धमा अनुसन्धान पूरा नभएको भन्दै प्रहरीले उनलाई हिरासतमा राख्न म्याद थप्न माग गरेपछि कास्की जिल्ला अदालतले उक्त निर्णय गरेको हो।न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले अनुसन्धानका निम्ति आजको […]

Continue Reading

एमाले झापाले भोलि कार्यकर्ता भेला गर्ने

दमक/ नेकपा एमाले झापाले भोलि ( बिहिवार ) जिल्ला पार्टी कार्यक्रम बिर्तामोडमा कार्यकर्ता भेला गर्ने भएको छ। एमाले झापा जिल्ला सचिव तुलसी कार्कीका अनुसार पार्टी केन्द्रीय उप महासचिव प्रदिप ज्ञवालीले समसामयिक राजनीतिका बारेमा प्रशिक्षण दिने बताए ।कार्यकर्ता भेलामा पालिका कमिटीका पदाधिकारी तथा सो भन्दा माथिका सवै जन संगठनका जिल्ला पदाधिकारी तथा सो भन्दा माथिका सबै […]

Continue Reading

दमकमा जग्गा सम्बन्धी विवादमा दुई पक्षबीच झडप, एक जनाको मृत्यु

दमक।झापाको दमकमा जग्गा सम्बन्धी बिबादलालई लिएर दुई पक्षबीच झडप हुदा एकजनाको ज्यान गएको छ ।ज्यान गुमाउनेमा दमक –९ का ३७ वर्षीय देशु भनिने यमु निरौला रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।दमक– ३ मा घडेरीको निहुँमा झडप भएको हो । झडपमा परेर गंभीर घाइते निरौलालाई उपचारका लागि आम्दा अस्पताल ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको […]

Continue Reading