एमाले झापाको सदस्यमा १० जना मनोनित

झापा /नेकपा (एमाले) झापाले १० जनालाई जिल्ला कमिटी सदस्यमा मनोनित गरेको छ । आज सम्पन्न जिल्ला कमिटीको दोस्रो पूर्ण बैठकले सदस्यहरु मनोनित गरेको सचिव तुलसी कार्कीले जानकारी दिए । उनका अनुसार हरि ढुंगाना, बोधप्रसाद घिमिरे, बोधराज न्यौपाने, देविन्द्र चमलागाई, दिपेन्द्र लम्साल, प्रविन पोखरेल, शान्ता गौतम,तुलसा काफ्ले, गौरी राजवंशी र चन्द्रमाया तामाङलाई जिल्ला सदस्यमा मनोनित गरिएको […]

Continue Reading

झापामा डेंगी संक्रमणबाट शिक्षीकाको मृत्यु

झापा । हल्दिबारी गाउँपालिकामा डेंगी संक्रमणबाट एक जना शिक्षीकाको मृत्यु भएको छ । हल्दिबारी ३ मा रहेको चिल्ड्रेन ग्राडेन अंग्रेजी विद्यालयमा कार्यरत ४२ बर्षिय शिक्षीका बिमला दाहाल पौडेलको डेंगी संक्रमण भएर उपचारको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा आज दिउसो मृत्यु भएको परिवारजनले बताएका छन् ।बिगत १३ बर्ष देखी चिल्ड्रेन ग्राडेन अंग्रेजी विद्यालयमा शिक्षण पेशामा रहेकी स्वर्गीय […]

Continue Reading

कमलमा अपांगता सम्बन्धी एक दिने अभिमुखिकरण सम्पन्न

कमल । झापाको कमल गाउपालिकामा अपांगता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सम्बन्धी एक दिने अभिमुखिकरण सम्पन्न गरेको छ ।कमल गाउपालिकाको आयोजना तथा सामाजिक बिकाश मन्त्रालय कोशी प्रदेश प्रदेश करुणा फाउडेशन नेपाल र राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेशको सहकार्यमा अभिमुखीकरण सम्पन्न भएको हो ।जन्मजात तथा जन्मपश्चात हुने अपांगता न्यूनिकरण एबं अपांगता भएका ब्यतिmसहितको समाबेशी समाजको निर्माण […]

Continue Reading

सडक डिभिजन दमकद्धारा ३३ किमी सडक कालोपत्र

झापा ।सडक डिभिजन दमकले गत आर्थिक वर्षमा ३३ किलोमिटर सडक कालोपत्र गरेको छ । सडक डिभिजनले ३७ किमी सडक कालोपत्र गर्ने लक्ष्य राखे पनि लक्ष्य राखेको थियो । सडक डिभिजन दमकका सूचना अधिकारी इन्जिनियर गौतमकुमार देवका अनुसार गत आवमा दुईवटा मोटरेबल पुल निर्माणको काम सम्पन्न भएको छ । “राजमार्गका १४ किलोमिटर सडक आवधिक मर्मत र […]

Continue Reading

शिक्षक तथा कर्मचारीलाई राजनीतिक पार्टी सदस्यता लिन कमल गाउपालिकाको रोक

झापा।झापाको कमल गाउपालिकाले पालिका भित्रका सामुदायिक बिद्यालयका शिक्षक तथा कर्मचारीहरुरलाई राजनीतिक दलको सदस्यता लिन रोक लगाएको छ ।पालिकाका अध्यक्ष हुकुमसिंह राईले आईतबार सूचना निकालेर पालिका भित्रका सामुदायिक बिद्यालयका शिक्षक तथा कर्मचारीले कुनैपनि राजनीतिक दलको सदस्यता तथा सदस्यता नबिकरण गर्न नपाउने निर्णय गरिएको जनाएका छन् ।शिक्षक वा कर्मचारीले राजनीतिक दलको कार्यकारिणी समितीको सदस्य रहेमा पदमुतm गरिने […]

Continue Reading

बुहारी पढाउँदै गौरादह नगरपालिका

झापा । झापाको गौरादह नगरपालिकाले बुहारीहरूलाई निःशुल्क स्नातक पढाउने गरेको छ । नगरपालिकाले गौरादह बहुमुखी क्याम्पसमा स्नातक पढ्ने बुहारीहरूलाई मासिक शुल्क तिरिदिने गरेको छ । नगरपालिकाले निम्न आर्थिक अवस्था भएका छात्रालाई समेत अध्ययन गर्नका लागि शुल्क तिरिदिने गरेको छ । नगर प्रमुख छत्रपति सुवेदीका अनुसार स्नातक तहसम्म महिलालाई शिक्षाको पहुँच वृद्धिका लागि यो कार्यक्रम ल्याइएको हो […]

Continue Reading

मोटरसाइकल दुर्घटनामा २२ वर्षीय धनराजको मृत्यु

झापा/मोरङको उर्लाबारी नगरपालिका–९ खोपीडाँडास्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजना युवकको मृत्यु भएको छ। मोटरसाइकल चालक घाइते भएका छन्।प्रहरीका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे ९ प ५५७५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर आइतबार साँझ ६:३० बजेतिर दुर्घटनामा परेको थियो। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार झापाको दमक नगरपालिका–१० का २२ वर्षीय धनराजको मृत्यु भएको इलाका प्रहरी […]

Continue Reading

झापामा ब्राउन सुगरसहित दुई पक्राउ

झापा । झापाको बुद्वशान्ति गाँउपालिका वडा नम्बर ४ सट्टाभर्नास्थित लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारे झापाबाट खटीएको प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको छ ।आइतबार साँझ करिब ७ बजे स्थानीय २५ वर्षीय सम्बर राईलाई शंका लागि चेकचाँच गर्दा निजको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर १ ग्राम ५३० मिलिग्राम फेला परेको थियो […]

Continue Reading

नबनियुक्त प्रधानमन्त्ती ओलीसँग दमकको अपेक्षा– ‘भ्यूटावर चलोस्, औद्योगिक पार्क निर्माण होस्’

झापा /एमाले अध्यक्ष केपी शर्मा ओली फेरि प्रधानमन्त्री बनेसँगै उनको गृहनगर दमकका स्थानीयले भ्यूटावर चल्ने र औद्योगिक पार्क निर्माण सम्पन्न हुने विश्वास लिएका छन् । दमक–३ ढुकुरपानीमा १८ तल्ले भ्यूटावर निर्माण सम्पन्न भइसकेको छ । तर, चल्न सकेको छैन । यस्तै दमक नगरपालिका–१०, गौरादह नगरपालिका–५ र कमल गाउँपालिका–७ को संगमस्थल रतुवा नदीआसपासमा दुई हजार दुई […]

Continue Reading

तटबन्ध नहुँदा सन्थाल बस्ती डुबानको जोखिममा

झापा /माई नदीले धार परिवर्तन गरेसँगै झापा गाउँपालिका–२ सुखाबथानका सन्थाल बस्ती कतिबेला बग्ने हो भन्ने त्रासमा छन् उक्त बस्तीका बासिन्दा । सन्थाल बस्तीका सुखाबथान क्षेत्रको सतहभन्दा माई नदी बग्ने सतहमाथि छ । वर्षायाममा माई नदी उर्लेर कतिखेर गाउँ पस्छ, ठेगान नभएकाले उनीहरू सधैँ पिरोलिने गरेका छन् । माई नदी कटानले सन्थाल बस्ती तीनपटक स्थानान्तरण भइसकेको […]

Continue Reading