मोटरसाइकल दुर्घटनामा २२ वर्षीय धनराजको मृत्यु

ताजा समाचार हाम्रो झापा


झापा/मोरङको उर्लाबारी नगरपालिका–९ खोपीडाँडास्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजना युवकको मृत्यु भएको छ। मोटरसाइकल चालक घाइते भएका छन्।
प्रहरीका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे ९ प ५५७५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर आइतबार साँझ ६:३० बजेतिर दुर्घटनामा परेको थियो। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार झापाको दमक नगरपालिका–१० का २२ वर्षीय धनराजको मृत्यु भएको इलाका प्रहरी कार्यलय उर्लाबारी प्रमुख देब दासले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा मोटरसाइकल चालक दमक–१० का २२ वर्षीय रोशन भट्टराई र पछाडि सवार धनराज गम्भीर घाइते भएका थिए। दुवै जनालाई उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल लगिएको थियो। उपचारका क्रममा धनराजलाई ७:१५ बजेतिर चिकित्सकले मृत घोषित गरेको थियो।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *