शिक्षक तथा कर्मचारीलाई राजनीतिक पार्टी सदस्यता लिन कमल गाउपालिकाको रोक

Share

झापा।झापाको कमल गाउपालिकाले पालिका भित्रका सामुदायिक बिद्यालयका शिक्षक तथा कर्मचारीहरुरलाई राजनीतिक दलको सदस्यता लिन रोक लगाएको छ ।
पालिकाका अध्यक्ष हुकुमसिंह राईले आईतबार सूचना निकालेर पालिका भित्रका सामुदायिक बिद्यालयका शिक्षक तथा कर्मचारीले कुनैपनि राजनीतिक दलको सदस्यता तथा सदस्यता नबिकरण गर्न नपाउने निर्णय गरिएको जनाएका छन् ।
शिक्षक वा कर्मचारीले राजनीतिक दलको कार्यकारिणी समितीको सदस्य रहेमा पदमुतm गरिने जनाईएको छ ।
नेपाली कांग्रेशको क्रियाशील सदस्यता नबिकरण कार्य हाल सञ्चालन भईरहेको र कतिपय शिक्षक तथा कर्मचारीहरुले सदस्यता नबिकरण गरेको पाईएपछि पालिकाले त्यस्तो सचेत गराएको उनले स्पष्ट पारेका छन् ।
उनले पालिकामा शिक्षक वा कर्मचारीले रारजनीतिक दलको सदस्यता लिएको वा नबिकरण गरेको पाईएमा कडा प्रचलित कानुनअनुसार कारबाही गरिने सूचनामा उल्लेख गरेका छन् ।

ताजा समाचार