झापामा डेंगी संक्रमणबाट शिक्षीकाको मृत्यु

ताजा समाचार स्थानिय हाम्रो झापा


झापा । हल्दिबारी गाउँपालिकामा डेंगी संक्रमणबाट एक जना शिक्षीकाको मृत्यु भएको छ । हल्दिबारी ३ मा रहेको चिल्ड्रेन ग्राडेन अंग्रेजी विद्यालयमा कार्यरत ४२ बर्षिय शिक्षीका बिमला दाहाल पौडेलको डेंगी संक्रमण भएर उपचारको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा आज दिउसो मृत्यु भएको परिवारजनले बताएका छन् ।
बिगत १३ बर्ष देखी चिल्ड्रेन ग्राडेन अंग्रेजी विद्यालयमा शिक्षण पेशामा रहेकी स्वर्गीय दाहालका श्रीमान् र एक छोरा, एक छोरी रहेका छन् । उनको प्रर्थिक शरिरलाई भोली विहान १० बजे हल्दिबारी ४, मणीपुरे टोलबाट दाहासंस्कारको लागि देउनिया घाट रंगेडाँडा लगिने परिवारजनले बताएका छन् ।
सामान्य ज्वरो आएर उपचालको लागि मेचि प्रादेशिक अस्पताल, ओम साई अस्पताल हुदैं थप उपचारको लागि विएण्डसी अस्पताल लगिएकोमा उपचारकै क्रममा आज निधन भएको हो ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *