झापामा ब्राउन सुगरसहित दुई पक्राउ

ताजा समाचार हाम्रो झापा


झापा । झापाको बुद्वशान्ति गाँउपालिका वडा नम्बर ४ सट्टाभर्नास्थित लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारे झापाबाट खटीएको प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको छ ।
आइतबार साँझ करिब ७ बजे स्थानीय २५ वर्षीय सम्बर राईलाई शंका लागि चेकचाँच गर्दा निजको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर १ ग्राम ५३० मिलिग्राम फेला परेको थियो । निजसँगै कोठामा रहेका निजका भाइ २३ वर्षीय सुरेन्द्र राईलाई समेत नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *