सिम्रिक यातायातका यात्रुका लागि लालगढमा सुविधासम्पन्न खाना सेवा

ताजा समाचार मुख्य समाचार


झापा/ सिम्रिक यातायातका यात्रुहरूलाई लक्षित गर्दै धनुषाको मिथिला नगरपालिका–१०, लालगढ बजारस्थित कोशी हाइवे होटललाई स्तरोन्नति गरी एसीसहित थप सुविधासम्पन्न बनाइएको छ।
सिम्रिक यातायातको विशेष पहल तथा अनुरोधमा लामो समयदेखि सञ्चालनमा रहेको कोशी हाइवे होटलका सञ्चालक रोशन पोखरेलले होटलको स्तर उन्नति गरी यात्रुहरूका लागि थप सुविधाहरू उपलब्ध गराएका हुन्।
पूर्वी नेपालबाट काठमाडौं जाने सिम्रिक यातायातका यात्रुहरूलाई यात्राका क्रममा स्वच्छ, ताजा, स्वादिलो तथा गुणस्तरीय खाना उपलब्ध गराउने उद्देश्यले होटलमा सेवा विस्तार गरिएको हो।
होटलमा यात्रुहरूका लागि विभिन्न प्रकारका ताजा तथा स्वादिष्ट परिकार, सफा र स्वच्छ भोजन कक्ष, एसीसहितको आरामदायी वातावरण, स्वच्छ खानेपानी, चिया–कफी तथा खाजाका परिकार लगायतका सुविधा उपलब्ध छन्।
सिम्रिक यातायातले काठमाडौं तथा अन्य गन्तव्यतर्फ यात्रा गर्ने आफ्ना यात्रुहरूलाई लालगढमा खाना तथा खाजाका लागि कोशी हाइवे होटलको सेवा उपयोग गर्न अनुरोध गरेको छ। यात्रुहरूको स्वास्थ्य, सुविधा र आरामलाई ध्यानमा राख्दै स्वच्छ तथा गुणस्तरीय खाना उपलब्ध गराउने व्यवस्था गरिएको जनाइएको छ।
सुरक्षित र सहज यात्रासँगै यात्रुहरूलाई गुणस्तरीय खाना तथा आरामदायी सेवा उपलब्ध गराउने उद्देश्यले सिम्रिक यातायातले सेवा विस्तारलाई प्राथमिकता दिएको जनाएको छ।

What do you feel about this post?

55%
like

Like

36%
love

Love

0%
happy

Happy

9%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *