बुहारी पढाउँदै गौरादह नगरपालिका

ताजा समाचार स्थानिय हाम्रो झापा

झापा । झापाको गौरादह नगरपालिकाले बुहारीहरूलाई निःशुल्क स्नातक पढाउने गरेको छ । नगरपालिकाले गौरादह बहुमुखी क्याम्पसमा स्नातक पढ्ने बुहारीहरूलाई मासिक शुल्क तिरिदिने गरेको छ ।

नगरपालिकाले निम्न आर्थिक अवस्था भएका छात्रालाई समेत अध्ययन गर्नका लागि शुल्क तिरिदिने गरेको छ । नगर प्रमुख छत्रपति सुवेदीका अनुसार स्नातक तहसम्म महिलालाई शिक्षाको पहुँच वृद्धिका लागि यो कार्यक्रम ल्याइएको हो । अघिल्लो आर्थिक वर्षमा १२ जना बुहारीहरूले छात्रवृत्ति प्राप्त गरेका थिए । उनीहरूको मासिक शुल्क नगरपालिकाले तिरिदिएको थियो । ९ हजार ६ सय रुपैयाँ सिधै क्याम्पसमा पठाइएको उहाँले जानकारी दिनुभयो ।

यस्तै ८६ जना छोरीहरूलाई ४ हजार ५ सय रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको थियो । नगरपालिकाकी उपप्रमुख जलवर्षा राजवंशीले महिलाहरूलाई शिक्षामा पहुँच वृद्धिका लागि कार्यक्रम ३ आर्थिक वर्षयता निरन्तर रहेको बताउनुभयो ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *