ओली–लेखकको म्याद ५ दिन थप

झापा/ जेनजी आन्दोलन जाँचबुझ प्रतिवेदनको सिफारिसबमोजिम पक्राउ परेका एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको म्याद ५ दिन थपिएको छ । जिल्ला अदालतले अनुसन्धानका निम्ति ५ दिनको म्याद थप गरेको हो ।

Continue Reading

साताको दुई दिन कार्यालय बिदा, समय बिहान ९ बजेदेखि बेलुकी ५ बजे

झापा/सरकारले पेट्रोलियम पदार्थको भाउ बढेको कारण जनाउँदै सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । भोलिदेखि लागू हुने गरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा आगामी शनिबार र आइतबार बिदा दिने निर्णय गरिएको छ । आज दिउँसो करिब २० मीनेट बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका शिक्षा, […]

Continue Reading

दमकमा ध्वनी प्रदूषण गर्ने आठ वटा मोटरसाइकल नियन्त्रणमा

दमक /ट्राफिक नियम उल्लङ्घन गर्दै ध्वनी प्रदूषण गर्ने ८ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।गए राति साढे ११ बजेको समयमा इलाका प्रहरी कार्यालय दमकका डीएसपी किशोर लम्सालको कमान्डमा खटिएको प्रहरी टोलीले दमक नगरपालिका–७ पशुहाट क्षेत्रबाट ती मोटरसाइकलहरू नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार दमक नगर क्षेत्रमा ट्राफिक नियम विपरीत साइलेन्सर […]

Continue Reading

प्रधानमन्त्रीलाई वामदेवको खुल्लापत्र- केपी ओलीलाई छोडिदिनुस्

नेकपाका नेता एवं पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्राउ कानुनविपरीत र स्वास्थ्यस्थितिका कारण पनि अनुचित भन्दै रिहाईको माग गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहका नाममा खुल्लापत्र जारी गर्दै गौतमले उक्त धारणा सार्वजनिक गरेका हुन् । यस्तो छ प्रधानमन्त्री बालेनलाई वामदेव गौतमको खुलापत्र: सम्माननीय प्रधानमन्त्रीका नाममा खुल्लापत्र सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यू […]

Continue Reading

तीन तलाबाट खसेर बालिकाको मृत्यु

दमक/झापा जिल्लाको दमक नगरपालिका–४ निवासी पाँच वर्षीया बालिका मानस्वी आचार्यको बिर्तामोड नगरपालिका–५ मा तीन तलाबाट खसेर दुःखद मृत्यु भएको छ।प्रहरीका अनुसार, दमक–४ का मनोज आचार्यकी छोरी मानस्वी आज बिहान करिब साढे ८ बजे बिर्तामोडस्थित आफन्तको घरमा पाहुना गएकी थिइन्। खेल्ने क्रममा उनी घरको तेस्रो तलाको झ्यालबाट अचानक खसेकी थिइन्।गम्भीर घाइते भएकी उनलाई तत्काल B&C Hospital […]

Continue Reading

मतदाता नामावली अद्यावधिक कार्यक्रम भोलिदेखि सुरु

झापा — निर्वाचन आयोग नेपाल ले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम भोलि आइतबारदेखि पुनः सञ्चालन गर्ने भएको छ। आयोगको चैत १८ गते बसेको बैठकले उक्त कार्यक्रम पुनः सुरु गर्ने निर्णय गरेको हो।आयोगका अनुसार राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकहरूले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनमार्फत नै नाम दर्ता गर्न सक्नेछन्।आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई […]

Continue Reading

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

झापा/नेपाली हास्य कलाकार सागर लम्साल ‘बले’लाई प्रहरीले पक्राउ गरेको छ।प्रहरी स्रोतका अनुसार उनलाई काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।उनिमाथि बलात्कारको आरोप लागेको छ। अमेरिकामा बस्दै आएकी एक युवतीले शुक्रबार सामाजिक सञ्जालमार्फत आफूलाई अमेरिकामै बलात्कार गरेको आरोप लगाएपछि प्रहरीले सोही आरोपका आधारमा अनुसन्धान अघि बढाएको हो।प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Continue Reading

गुहेस्वरी आधारभूत विद्यालयमा छात्रवृत्ति वितरण

दमक/ कमल गाउँपालिका स्थित गुहेस्वरी आधारभूत विद्यालयमा आयोजित एक कार्यक्रमबीच ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ। कक्षागत रूपमा उत्कृष्ट, गरिब तथा जेहेनदार विद्यार्थीहरूलाई शैक्षिक सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त छात्रवृत्ति प्रदान गरिएको हो।वि.सं. २०६९ सालमा विद्यालयका पूर्व प्रधानाध्यापक वासुदेव सापकोटाको पहलमा स्थापना गरिएको ‘गुहेश्वरी अक्षय कोष’ मार्फत छात्रवृत्ति वितरण गरिएको हो। कोषले कक्षा १ […]

Continue Reading

एमाले बैठकका ६ निर्णय सार्वजनिक(विज्ञप्तिसहित)

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले गरेका विभिन्न ६ वटा निर्णय सार्वजनिक गरेको छ । कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बसेको बैठकले संसदीय दलको नेता चयन लगायत विषयमा निर्णय गरेको हो । १. संसदीय दलको नेता चयन : पार्टीले प्रजातान्त्रिक विधिबाट संसदीय दलको नेता चयन गरिएको र यसमा कुनै बाह्य हस्तक्षेप नभएको स्पष्ट […]

Continue Reading

सामाजिक सञ्जालमा सभ्यता हराउँदै

पछिल्लो समय सामाजिक सञ्जाल हाम्रो दैनिकीको अभिन्न हिस्सा बनेको छ। सूचना आदान–प्रदान, विचार अभिव्यक्ति र मनोरञ्जनका लागि प्रयोग हुने यी प्लेटफर्महरूले समाजलाई नजिक ल्याउने महत्वपूर्ण भूमिका खेलेका छन्। तर, यसको प्रयोगसँगै देखिँदै गएको एक गम्भीर समस्या भनेको सभ्यता र मर्यादाको ह्रास हो।पहिले सार्वजनिक रूपमा बोल्दा वा लेख्दा मानिसहरूले शब्द चयनमा विशेष ध्यान दिन्थे। तर आज […]

Continue Reading