कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक

ताजा समाचार मुख्य समाचार

झापा – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की लाई मातृ शोक परेको छ। उहाँकी ९१ वर्षीया आमा जानुका देवी कार्की को हिजो साँझ ७ बजे निधन भएको हो।


उहाँको झापा गौरदहस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। करिब एक महिनाअघि खुट्टा भाँचिएपछि उहाँ अस्वस्थ रहँदै आउनुभएको थियो। विराटनगरस्थित विराट टिचिङ हस्पिटल मा खुट्टाको शल्यक्रिया गरिएपछि पनि स्वास्थ्य अवस्था कमजोर नै रहेको थियो।
स्वर्गीय कार्कीका दुई छोरा रहेका छन्। मुख्यमन्त्री कार्कीका दाजु दीपक कार्की नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व संविधानसभा सदस्य हुनुहुन्छ। उहाँका पाँच जना दिदीबहिनी पनि हुनुहुन्छ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *