झापा/नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ओलीको पितथैलीको शल्यक्रिया सफल भएको छ ।

एमाले केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीका अनुसार साढे ९ बजेतिर अप्रेसन थिएटरमा लगिएको थियो । बिहान ११.४५ तिर उहाँको अप्रेसन सफलतापूर्वक सम्पन्न भएको डाक्टरले जानकारी गराएका छन् – अधिकारीले भन्नुभयो । यस सम्बन्धी थप जानकारी अस्पतालले केहीबेरमा प्रेस विज्ञप्ती मार्फत विस्तृत जानकारी गराउने अधिकारीले बताउनुभयो । अध्यक्ष ओलीको पित्त थैलीमा २३.४ एमएमको स्टोन देखिएको थियो ।
What do you feel about this post?
0%

Like
0%

Love
0%

Happy
0%

Haha
0%

Sad
0%



