झापा एमालेले तयार गर्यो ३० जना प्रशिक्षक

गौरादह / प्रभावकारी पार्टी काम तथा समृद्धिका लागि नेकपा (एमाले) झापाले ३० जना प्रशिक्षक तयार गरेको छ । झापाको गौरादहस्थित नमूना पाहुना घरमा पाँच दिवसीय प्रशिक्षक प्रशिक्षण (टट) सञ्चालन गर्दै प्रशिक्षक तयार गरेको हो ।जिल्लाभरका पार्टी सदस्यहरुमध्येबाट छनौट गरिएका ३० जना अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षकका रुपमा प्रशिक्षण प्रदान गरिएको नेकपा एमाले झापाका अध्यक्ष प्रेम बहादुर गिरीले […]

Continue Reading

प्रधानमन्त्री ओलीको आज ७३ औं जन्मोत्सव : माक्सबादी अध्ययन दलको सदस्य देखि देशको प्रधानमन्त्रीसम्म

झापा / प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी)का अध्यक्ष केपी शर्मा ओलीको आज ७३ औं जन्मोत्सव । नेपालमा जनता हक अधिकारको स्थापना,समानता र लोकतन्त्रका लागि १४ वर्ष जेल जीवन विताउनु भएका ओलीको जीवन अवधिलाई तीन खण्डमा बाँडेर हेर्न सकिन्छ । पहिलो – एउटा निम्न मध्यम वर्गीय परिवारमा जन्मेको एक बालक, जसले आफ्नो किशोर […]

Continue Reading

प्रधानमन्त्री ओलीको ७३ औं जन्मोत्सवमा झापामा आज वृक्षारोपण गरिने

झापा /प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको ७३औं जन्मोत्सवका अवसरमा झापावासीले आज विभिन्न कार्यक्रम आयोजना गर्ने भएका छन्। यस अवसरमा बिहान ७ः०० बजे धनुष्कोटीधाममा अष्टचिरञ्जीवीको पूजा तथा हवन कार्यक्रम आयोजना गरिनेछ। त्यसपछि, बिहान ७ः३० बजे सोही स्थानमा अखण्ड दीप सहित ७३ दीप प्रज्वलन गरिने कार्यक्रम तय गरिएको छ। त्यस्तै, बिहान ८ः०० बजे विभिन्न […]

Continue Reading

कोशी प्रदेशमा सञ्चार माध्ययम सुधारका लागि एमालेले समिति गठन गर्‍यो

विराटनगर/ कोशी प्रदेशमा सञ्चालित सञ्चार माध्ययमहरूको अध्ययन तथा आवश्यक सुधारका लागि नेकपा (एमाले) ले समिति गठन गरेको छ। उक्त समितिले प्रदेशका मिडिया हाउसहरूको दिगो विकास, सञ्चारकर्मीहरूको सुरक्षा र व्यावसायिकता प्रवर्द्धनका लागि आवश्यक सुझाव पेश गर्नेछ। बिहीबार विराटनगरमा सम्पन्न नेकपा (एमाले) कोशी प्रदेश प्रचार तथा प्रकाशन विभागको दोस्रो बैठकले पाँच सदस्यीय समिति गठन गरेको हो। समितिमा […]

Continue Reading

माओवादी केन्द्र दमक नगर अध्यक्षमा पुन:बस्नेत

दमक/नेकपा माओवादी केन्द्र दमक नगर समितिको अध्यक्षमा रवि बस्नेत पुन: चयन भएका छन् । बुधबार सम्पन्न दोस्रो अधिवेशनले बस्नेतको नेतृत्वमा ५५ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो ।समितिको उपाध्यक्ष नवराज सुवेदी, सुवास गड्तौला, रुद्र कार्की, महिला उपाध्यक्षमा शान्ति धिमाल, सुस्मा अधिकारी, सचिवमा डम्बर बोहोरा, सह सचिवमा युवराज गजमेर, सुन्दर देवान,असिम राई, शान्तिराम भट्टराई तथा कोषाध्यक्षमा […]

Continue Reading

फागुन ७ नेपाली जनताको सर्वाधिक महत्वको दिन : प्रधानमन्त्री

काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओलीले आज बलिदानपूर्ण संघर्षले रैतीबाट जनताको दर्जामा पुर्‍याएको दिन भएको बताउनुभएको छ । ७५ औं प्रजातन्त्र दिवसको अवसरमा बुधबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले आजको दिन हामी नेपालीको जीवनमा सर्वाधिक महत्त्वको दिन भएको उल्लेख गर्नुभएको छ।प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ‘फागुन ७ गते। आजको दिन– हामी नेपालीको जीवनमा सर्वाधिक महत्त्वको दिन हो, […]

Continue Reading

आज देशभर प्रजातन्त्र दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै

झापा /आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम छ । कार्यक्रममा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न सङ्घर्षमा जीवन उत्सर्ग गरेका ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिने छ […]

Continue Reading

प्रेस चौतारी कोशी प्रदेशको अध्यक्षमा सुमन पुरी

झापा /प्रेस चौतारी नेपाल कोशी प्रदेशको अध्यक्षमा सुमन पुरी निर्वाचित हुनुभएको छ ।बुधबार विराटनगरमा सम्पन्न दोश्रो प्रदेश अधिवेशनले अध्यक्षमा पुरी सहित ४९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेका हो । पुरी यसअघि उपाध्यक्ष हुनुहुन्थ्यो ।चौतारी कोशी प्रदेशको उपाध्यक्षमा युवराज विवश, महिला उपाध्यक्षमा ज्योति चौहान, महासचिवमा बाबुराम भण्डारी र कोषाध्यक्षमा विशाल नेम्वाङ निर्वाचित हुनु भएको छ ।प्रदेश […]

Continue Reading

अनेम सङ्घ झापाको नया नेतृत्व चयन,अध्यक्षमा लीला ढुंगेल निर्बाचित

झापा / अखिल नेपाल महिला सङ्घ झापाको अध्यक्षमा लीला ढुंगेल दाहाल सर्वसम्मत निर्वाचित भएकी छिन्। अनेम संघ झापाको हिजो सुरु भएको दशौं जिल्ला सम्मेलन अन्तर्गत आज भएको उम्मेदवार मनोनयन पत्र दर्ताका क्रममा पदाधिकारीहरूमा आवश्यकता अनुसार मात्र मनोनयन दर्ता भएपछि सर्वसम्मत भएको हो। कमिटीको उपाध्यक्षमा दुर्गा डाँगी रेणुका तथा सिता ढुङ्गाना विश्वकर्मा, सचिवमा कल्पना चम्लागाईं कोपिला, […]

Continue Reading

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभामा पेस, विधेयकमा के-के छन् ?

झापा /राष्ट्रिय सभामा सामाजिक सञ्जाल विधेयक, २०८१ पेस भएको छ। सभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले उक्त विधेयक पेस गर्नुभयो। त्यसअघि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त विधेयकमाथि कुनै पनि विरोधको सूचना प्राप्त हुन नआएको व्यहोरा जानकारी गराउनुभयो। सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन कानुन निर्माण गर्नेपर्ने आवश्यकता महसुस […]

Continue Reading