प्रेस चौतारी कोशी प्रदेशको अध्यक्षमा सुमन पुरी

ताजा समाचार राजनीति

झापा /प्रेस चौतारी नेपाल कोशी प्रदेशको अध्यक्षमा सुमन पुरी निर्वाचित हुनुभएको छ ।
बुधबार विराटनगरमा सम्पन्न दोश्रो प्रदेश अधिवेशनले अध्यक्षमा पुरी सहित ४९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेका हो । पुरी यसअघि उपाध्यक्ष हुनुहुन्थ्यो ।
चौतारी कोशी प्रदेशको उपाध्यक्षमा युवराज विवश, महिला उपाध्यक्षमा ज्योति चौहान, महासचिवमा बाबुराम भण्डारी र कोषाध्यक्षमा विशाल नेम्वाङ निर्वाचित हुनु भएको छ ।
प्रदेश कमिटीको सचिवमा रविन कट्टेल, दिनेश सुब्बा, भोला श्रेष्ठ, मञ्जु डाँगी, गणेश विष्ट र लक्ष्मी उप्रेती निर्वाचित हुनु भएको छ । विराटनगरमा भएको दोश्रो अधिवेशनमा प्रेस चौतारी नेपाल अध्यक्ष गणेश वस्नेत, एमाले स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डे, राजेश राई, हिरामान लामा लगायतको सहभागिता रहेको थियो । अधिवेशनमा आयोजक र प्रतिनिधि गरि १सय५६ जनाको सहभागिता रहेको प्रेस चौतारी नेपाल केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष गणेश खनालले जानकारी दिनुभयो ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *