झापा एमालेले तयार गर्यो ३० जना प्रशिक्षक

ताजा समाचार राजनीति

गौरादह / प्रभावकारी पार्टी काम तथा समृद्धिका लागि नेकपा (एमाले) झापाले ३० जना प्रशिक्षक तयार गरेको छ । झापाको गौरादहस्थित नमूना पाहुना घरमा पाँच दिवसीय प्रशिक्षक प्रशिक्षण (टट) सञ्चालन गर्दै प्रशिक्षक तयार गरेको हो ।
जिल्लाभरका पार्टी सदस्यहरुमध्येबाट छनौट गरिएका ३० जना अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षकका रुपमा प्रशिक्षण प्रदान गरिएको नेकपा एमाले झापाका अध्यक्ष प्रेम बहादुर गिरीले जानकारी दिनुभयो । केन्द्रीय स्कुल विभागको सहजीकरणमा सञ्चालित प्रशिक्षक प्रशिक्षणमा स्कुल विभागमा सदस्य प्रा.डा. तत्व तिम्सिना र रामशरण प्याकुरेलले सहजीकरण गर्नुभएको थियो ।
प्रशिक्षक प्रशिक्षणमा शिक्षण, प्रशिक्षण र सहजीकरण विधि, मस्तिष्कमा आधारित सिकाई, प्रशिक्षणलाई रोचक र प्रभावकारी बनाउने विधि,सिकाई आवश्यकताको पहिचान, लक्ष्य तथा उद्देश्यहरु, मस्तिष्क अध्ययन, अनुगमन तथा मुल्याङकन, प्रशिक्षण व्यवस्थापन, सञ्चार र प्रस्तुति शैली, समृद्धिका निम्ति नेतृत्व र व्यवस्थापन, पार्टी कामको प्रभावकारी सहजीकरण, समृद्ध नेपाल र सुखी नेपालीमा हाम्रो भूमिका, समृद्धिका चुनौतिहरु, समृद्धि र यसका आयामहरु, मापन र उपाय लगायतका विषयहरुमा सहजीकरण गरिएको थियो । सहभागी प्रशिक्षार्थीहरुले समृद्धिको मापन र योजना लगायतका विषयहरुमा प्रस्तुति गरेका थिए । उनीहरुलाई प्रशिक्षकको रुपमा अभ्यास समेत गराइएको थियो ।
पार्टी कामलाई व्यवस्थित र प्रभावकारी बनाउन तल्लो तहसम्म विषयगत प्रशिक्षणहरु सञ्चालन गर्न प्रशिक्षक तयार गरिएको नेकपा एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिनुभयो ।
फागुन १३ गतेदेखि सञ्चालित प्रशिक्षक प्रशिक्षण तालिम शनिवार सम्पन्न भएको स्कुल विभागका सचिव विजय तिम्सिनाले जानकारी दिनुभयो ।
एमाले झापा जिल्ला अध्यक्ष गिरीको अध्यक्षता, केन्द्रीय सदस्य एवम् झापा जिल्ला इञ्चार्ज रोमनाथ ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा केन्द्रीय सदस्य दिपक कार्की, गौरादहका नगरप्रमुख छत्रपति सुवेदी, उपप्रमुख जलवर्षा राजवंशी, नमूना पाहुना घरका अध्यक्ष वेदनिधि चापागाई लगायतको आतिथ्यता रहेको थियो ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *