नेपाल बुद्धिजीवी परिषद झापाको अध्यक्षमा गजेन्द्र आचार्य पुनः चयन

ताजा समाचार राजनीति

बिर्तामोड/नेकपा एमाले निकट नेपाल बुद्धिजीवी परिषद झापाको अध्यक्षमा पुनः गजेन्द्र आचार्य चयन भएका छन् । विर्तामोडमा शनिवार सम्पन्न परिषदको ११औं जिल्ला अधिवेशनले वरिष्ठ अधिवक्ता आचार्यको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो ।

३१ सदस्यीय गठित जिल्ला कमिटीको उपाध्यक्षमा तुलसी प्रसाद निरौला, सचिवमा चन्द्र प्रकाश भट्टराई (सिपी), उपसचिवमा कविता पौड्याल र उमानाथ अधिकारी, कोषाध्यक्षमा खडानन्द गुराँगाई चयन भएकाछन् ।

नेपाल बुद्धिजीवी परिषदको केन्द्रीय उपाध्यक्ष राधा अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा केन्द्रीय सचिव यज्ञ शर्मा, एमाले केन्द्रीय सदस्य मिना उप्रेती लगायतको उपस्थिति रहेको थियो ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *