फागुन ७ नेपाली जनताको सर्वाधिक महत्वको दिन : प्रधानमन्त्री

ताजा समाचार राजनीति

काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओलीले आज बलिदानपूर्ण संघर्षले रैतीबाट जनताको दर्जामा पुर्‍याएको दिन भएको बताउनुभएको छ ।

७५ औं प्रजातन्त्र दिवसको अवसरमा बुधबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले आजको दिन हामी नेपालीको जीवनमा सर्वाधिक महत्त्वको दिन भएको उल्लेख गर्नुभएको छ।
प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ
‘फागुन ७ गते। आजको दिन– हामी नेपालीको जीवनमा सर्वाधिक महत्त्वको दिन हो, बलिदानपूर्ण संघर्षद्वारा आफूलाई रैतीबाट जनताको दर्जामा पुर्‍याएको दिन हो। गौरवपूर्ण एवम् ऐतिहासिक यस दिनमा सम्पूर्ण लोकतन्त्रप्रेमी नेपालीहरुमा ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको हार्दिक शुभकामना, ।’

प्रधानमन्त्री ओलीले जहानियाँ शासनविरूद्ध जीवन उत्सर्ग गर्ने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठ लगायत सहिदहरूको स्मरण पनि गर्नुभएको छ ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *