दमक/नेकपा माओवादी केन्द्र दमक नगर समितिको अध्यक्षमा रवि बस्नेत पुन: चयन भएका छन् । बुधबार सम्पन्न दोस्रो अधिवेशनले बस्नेतको नेतृत्वमा ५५ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्ष नवराज सुवेदी, सुवास गड्तौला, रुद्र कार्की, महिला उपाध्यक्षमा शान्ति धिमाल, सुस्मा अधिकारी, सचिवमा डम्बर बोहोरा, सह सचिवमा युवराज गजमेर, सुन्दर देवान,असिम राई, शान्तिराम भट्टराई तथा कोषाध्यक्षमा पदम सापकोटा चयन भएका छन् ।
विभिन्न सेक्टर र वडाहरुबाट प्रतिनिधित्व गरेका २२१ प्रतिनिधीहरुको तीन दिनसम्म चलेको बन्दसत्रमा राजनीतिक र संगठनात्मक संरचनामाथि प्रतिनिधिहरुले बोल्न र फरक मत राख्न पाउने पूर्ण जनबादको अभ्यास गर्दै सर्वसम्मत नेतृत्व चयन गरिएको हो । निर्वाचन समितिले उम्मेदवार मनोनयन दर्ता गराईसकेपछि सर्वसहमतिको लागि पहल गर्न मागिएको समयसीमा भित्र वान टु वान छलफल भएको थियो । प्रतिनिधीहरुले सर्बसम्मत नेतृत्व चयन गर्न दवाव दिएपछि केन्द्र, प्रदेश र जिल्ला स्तरीय नेताहरु सहमतिको नेतृत्व निर्माण गर्न जुटेका थिए । अन्तत ५५ सदस्यीय समिति सर्वसम्मत चयन गरिएको हो ।
अधिवेशन फागुन ३ गते पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



