के महाजात्रालाई क्यानबेरियनले मन पराउलान त?

मनोरञ्जन

यसै त धेरै चर्चित स्टार कास्टले भरिएको चलचित्र महाजात्रा, त्यसमा पनि जात्रा र जात्रै जात्राको तेस्रो सिक्वल, यता चलचित्र जात्रा हिट ,त्यसपछि जात्रै जात्रा सुपरहिट, अब यही मार्च २२ तारिक देखि प्रदर्शनमा आउने लागेको चलचित्र महाजात्राले दुई पछिल्ला चलचित्रहरुको साखलाई बचाउनु पर्ने दबाब देखिन्छ । हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल लगायतका चर्चित स्टारकास्टको अभिनय रहेको चलचित्र महाजात्राको निर्देशन भने हरेक चलचित्र सुपरहिटदिने निर्देशक प्रदीप भट्टराई रहेका छन । पुरानो कथाको नै निरन्तरता छ चलचित्र महाजात्रामा, त्यही मुन्ना, जयस भाई , फडिन्द्र अनि सम्पदा भाउजु , फरक के छ भने यो चलचित्रमा खलनायकको भूमिकामा देखा पर्दै छन हरिवंश आचार्य ।

आजकल नेपाली चलचित्र छेत्रमा धेरै सिक्वल बन्ने गर्छन तर नाम चै सिक्वल, चलचित्रमा कथा र पात्र भने भिन्न भिन्नै , त्यहि भएर दर्शक पनि सिक्वलको नाम सुन्ने बित्तिकै हैरान हुन्छन, टर्चर नै हुन्छन तर महाजात्रा को सवाल मा त्यस्तो हुदैन कि भने आशा राखिएको छ। चलचित्र को ट्रेलर हेर्दा लाग्छ केहि न केहि चलचित्रमा दम छ। सटिक डायलग डेलिभरी, सिचुएशनल कमेडी अनि दर्शक ले मनपराएको पात्र त्यसैले चलचित्र महाजात्रा लाई यो वर्षको सर्वाधिक हिट हुने चलचित्र को रूपमा पनि हेरिएको छ। यता अस्ट्रेलियाको राजधानी क्यानबेरामा पनि चलचित्र महाजात्रा मार्च २२ तारिक को दिन नै लाग्दै छ। चलचित्रलाई राजधानी क्यानबेरामा भने पार्टी टाइम नेपाल इभेन्ट एण्ट एन्टरटेनमेन्टले ल्याउने छ । नेपालीहरुको बसोबास बढ्दै गएको अस्ट्रेलियाको राजधानी क्यानबेरामा चलचित्र महाजात्रा ब्लकबस्टर हुने आयोजक पार्टी टाइम नेपालका Event coordinator अमृत पौडेल मुन्द्रे बताउनुहुन्छ। चलचित्र महाजात्रा को टिकट अनलाइन मार्फत यहि मार्च २२, २४, ३० तारिक को लागि खुल्ला गरिएको छ भने मार्च २२ को टिकट लगभग सोल्डआउट नै हुन लागेको छ ।


महाजात्रा अस्ट्रेलियाको राजधानी क्यानबेरा को Limelight Cinema Tuggeranong मा बेलुकी ६ बजे प्रदर्शन हुने छ। धेरै नेपाली चलचित्र Limelight Cinema Tuggeranong मा मात्रै किन लाग्छन North तिर बस्ने दर्शकहरुले धेरै लामो यात्रा गर्नु पर्ने हुन्छ भन्ने प्रश्न हामीले गर्दा ? यस अघि पनि Wodden को Hoyts मा चलचित्र प्रदर्शन गरेर यो प्रश्न को उत्तर दिसकेका छौं। यदापी Limelight Cinema मा चलचित्र प्रदर्शन गर्न अलिक सजिलो हुने र सबैले त्यही प्रदर्शन गर्ने भएकाले यसैको निरन्तरता दिएको पार्टी टाइम नेपाल इभेन्ट्स एण्ट एन्टरटेनमेन्टका Logistics Head मदन राज सिग्देल बताउनुहुन्छ ।आउने दिन मा दर्शक ले चलचित्र Hoyts Cinema Belconen अनि Wodden को Hoyts मा पनि हेर्न पाउने र त्यसको लागि आवश्यक समन्वय गरिरहेको आयोजक पार्टी टाइम नेपालले जानकारी पनि दिएको छ। चलचित्र महाजात्राले क्यानबेरामा कस्तो प्रदर्शन गर्नेछ त्यो त आगामी दिनमा थाहा पाउने नै छौं।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *