क्यान्वेरा/अष्ट्रेलिया – १३ अप्रिल २०२४ – नयाँ वर्ष २०८१ लाई अष्ट्रेलियाको राजधानी क्यान्वेरामा समेत भव्य रूपमा मनाईएको छ। नेपाली नयाँ वर्ष २०८१ को अवसर पारेर गत अप्रिल १३ तारिक अर्थात वैशाख १ गते सनातन समाज अष्ट्रेलिया (क्यान्वेरा) द्वारा आयोजित विभिन्न सांस्कृतिक कार्यक्रम, आतिस्बाजि (फायर वर्क्स) लगायत साँस्कृतिक नृत्य, डि जे, फुड स्टल क्यानबेराको लेनक्स गार्डेन यारालुम्लामा सफलताका साथ् सम्पन्न भएको सनातन समाजका सचिव बाशु चापागाईंले जानकारी दिनुभयो ।
नेपाली कला, संस्कृति र सनातन धर्मको जगेर्ना अनि सबै सनातनीहरू एकताको शुत्रमा गास्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो ।उक्त फायर वर्क्स नियाल्न र नेपाली नयाँ वर्षलाई स्वागत गर्न १० हजारभन्दा बढिको सहभागीता रहेको सनातन समाजका अध्यक्ष सन्तोष मल्लले जाकारी दिनुभयो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा अष्ट्रेलियन क्यापिटल टेरिटोरी ( ए सि टि ) राज्य का मुख्य मन्त्रि श्री य़ेण्ड्रिउ बार को पनि उपस्थिति रहेको थियो । नेपाली ढाका टोपी र गलबन्दीमा मुख्य मन्त्रि श्री बार मन्चमा पुग्दा हजारौको तालीको गडगडाहटले स्वागत गरिएको थियो l श्री बारले क्यानबेरामा नेपाली समुदाय संग नेपाली नयाँ वर्ष मनाउन पाउदा आफु सारै हर्षित भएको र आगामी दिनमा पनि अष्ट्रेलियन क्यापिटल टेरिटोरी ( ए सि टि ) सरकार नेपाली समुदाय संग सहकार्य गर्न तयार रहेको र आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्दता व्यक्त गर्नुभयो ।

कार्यक्रमको मुख्य आकर्षण मुख्य मन्त्रि श्री बार ले स्टेजमा लिएको सेल्फी बन्न पुगेको थियो । यसै गरि कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदुत कैलाश राज पोखरेल, सांसद डेबिड स्मिथ, पिटर केइन, ए सि टि बिपक्षि नेत्री एलिजाबेथ ली लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
पञ्चकन्याद्वारा विशिष्ट व्यक्तिहरूलाई स्वागत गरिएको कार्यक्रमको आरम्भमा डा कृष्ण हमालले स्वागत मन्तब्य राख्दै सनातन समाज अष्ट्रेलिया (क्यान्वेरा) को गतिविधिको बारेमा प्रकाश पार्नु भएको थियो l अष्ट्रेलियाका लागि नेपाली राजदुत कैलाश राज पोखरेलले नेपाली नयाँ वर्ष २०८१ लाई स्वागत गर्दै शुभकामना साट्नु भएको थियो l
कार्यक्रममा लोकप्रिय गायक कर्ण दासको विशेष प्रस्तुति रहेको थियो । दासले आफ्ना चर्चित कालजयी गितहरू जिन्दगीको के भरोसा , ठुला ठुला महल हैन,ब्यर्थै फेरि लगायतका गितहरूले लेनक्स गार्डेन को माहोल तताएको थियो । कार्यक्रममा हाइपर ब्याण्ड तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहेको थियो । सनातन समाज अस्ट्रेलियाका अध्यक्ष सन्तोष मल्लको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन बाशु चापागाईं र प्रकाश पोख्रेलले गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा अध्यक्ष मल्लले सनातन समाज क्यानवेरामा नेपाली मन्दिर निर्माण अभियानमा लागिपरेको कुरा स्मरण गराउदै उपस्थित पाहुना, सर्वसाधारण, स्वयम् सेवक, कलाकार र प्रायोजकहरुलाई धन्यबाद दिनुभएको थियो साथै वहाले मुख्य मन्त्रि बारलाई मायाको चिनो पशुपति मन्दिरको प्रतिमूर्ति उपहार दिनु भएको थियो l
कार्यक्रमको मुख्य प्रायोजन सक्सेस एजुकेसन एण्ड भिषा सर्विसेस हो भने गोल्ड स्पोन्सर मा अष्ट्रेलियन नेशनल एजुकेसन, सिल्वर स्पोन्सर मा गुड्विन, जे बि भिषा एण्ड माइग्रेसन सर्विस र मेडिया पार्टनर को रूपमा अव्युक्त मिडिया (Avyukt Media) रहेको थियो ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



