प्रतिबन्ध खुलाउन टिकटकको लबिङ

अन्य ताजा समाचार मनोरञ्जन सुचना प्रविधि

,झापा/ गत कार्तिक २७ गतेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जाल टिकटकलाई नेपालभित्र प्रयोगका लागि प्रतिबन्ध लगाइएको थियो । टिकटकले आफ्नो पक्षमा वातावरण बनाउन लबिङ शुरु गरेको छ ।

सरकारले टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर पारेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

सरकारको सो निर्णयका विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा परेसँगै सर्वोच्चले समेत सरकारको नाममा कारण देखाउ आदेश दिएको छ । तर टिकटकले भने नेपाली सरोकारबालाहरुसँग सहकार्य गर्ने र लबिङको कार्य तीव्र बनाएको छ ।

सरकारी अधिकारीहरुले टिकटकमाथि लागेको प्रतिबन्धका बारेमा कुरा गर्न नचाहेकाले टिकटकको प्रयास सफल हुन नसकेको स्रोतले बताएको छ ।

यसैगरी टिकटकले सामाजिक अभियन्ता, मानवअधिकारवादी, संचारमाध्यमका प्रतिनिधिहरु लगायत सरोकारबालाहरुसँग समेत छलफल र भेटघाट गरिरहेको बताइएको छ ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *