झापा-सरकार र लघुवित्त पीडितबीच ६ बुँदे सम्झौता भएको छ । अर्थ मन्त्रलयमा आज भएको सम्झौतापछि पीडितहरूले आफ्नो आन्दोलनका कार्यक्रम फिर्ता लिने भएका छन् । लघुवित्त नाफामुखी भएको भए कानुनी सुधार गर्ने पनि सहमति भएको छ ।लघुवित्तमा भएका समस्याको सुधारका लागि राष्ट्र बैंकले काम गर्ने सहमति भएको छ । सरकारले लघुवित्तपीडितसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो ।

