कोशीमा मुख्यमन्त्री कार्कीलाइृ विश्वासको मत प्राप्त

झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाइृ विश्वासको मत प्राप्त भएको छ । २६ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले नियुक्तिको छैटौँ दिन सोमबार विश्वासको मत प्राप्त भएको हो । उनको पक्षमा ५७ मत परेको छ भने विपक्षमा कुनै पनि परेको छैन। विश्वासको मतका लागि सरकारको सिफारिसमा कोशी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभा बैठक आह्वान […]

Continue Reading

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज बिश्वासको मत लिने

झापा ।कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार विश्वासको मत लिने भएका छन् ।कोशीमा नयाँ सरकार गठन भएपछि प्रदेश प्रमुखले प्रदेशसभा अधिवेशन आह्वान गरेर मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार विश्वासको मत लिने प्रस्तावको सूचना प्रदेशसभामा दिइसकेका छन् । कार्कीलाई एमालेसहित नेकपा माओवादी र जनता समाजवादी पार्टीका सांसदले विश्वासको मत दिनेछन् ।मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रयोजनका […]

Continue Reading

कोशीका मुख्यन्याधिवक्ता कोइराला पद मुक्त

विराटनगर । कोशी प्रदेशका मुख्य महान्यायाधिवक्ता रुपेश कोइराला पदमुक्त भएका छन् । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नियुक्त गरेका कोशी प्रदेश मुख्य न्याधिवक्ता रुपेश कोइरालालाई मुख्यमन्त्री हिक्मत कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले पदमुक्त गरेका हुन् ।मुख्यमन्त्री हिक्मत कार्कीले मुख्यन्याधिवक्ता बाट कोइरालालाई पदमुक्त गर्न सिफारिस गरेका थिए । मुख्यमन्त्रीको सिफारिसका आधारमा नेपालको संविधानको धारा १६० उप […]

Continue Reading

एमाले कमल गाउँ कमिटीको अध्यक्षमा ढकाल चयन

झापा ।नेकपा एमाले कमल गाउँ कमिटीको दोस्रो अधिवेशनले हरि ढकाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।कमल ५ स्थित रोड स्टार पार्टी प्यालेसमा आज सम्पन्न अधिवेशनले ढकालको अध्यक्षतामा नयाँ गाउँकमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा अकल बहादुर गुरुङ सर्वसम्मत चयन भएका हुन् । अध्यक्ष र उपाध्यक्षमा सर्वसम्मत चयन भएको थियो भने सचिव र उपसचिव पदमा […]

Continue Reading

झापाका १५ वटै स्थानीय तहमा एमालेको पालिका अधिवेशन सुरु

झापा ।नेकपा एमालेले झापाका १५ वटै स्थानीय तहमा पालिका अधिवेशन सुरु गरेको छ । शुक्रवार कमल गाउँपालिकाको अधिवेशन उद्घाटन गरिएको छ ।नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् झापा जिल्ला इञ्चार्ज विशाल भट्टराईले जिल्लाको पालिकाको पहिलो अधिवेशन उद्घाटन गरेका छन् । उनका अनुसार झापाका सबै पालिकाको अधिवेशन जेठ १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । पार्टी […]

Continue Reading

एमाले गौरादहको लोगो सार्वजनिक

गौरादह / नेकपा एमाले गौरादह नगर कमिटीले आफ्नो अधिवेशनको लोगो शुक्रबार सार्वजनिक गरेको छ। यहि जेष्ठ ४र ५ गते हुन गईरहेको नेकपा एमाले गौरादह नगर कमिटीको दोस्रो नगर अधिवेशनको लोगो पार्टी केन्द्रीय सदस्य दिपक कार्कीले नगर कमिटीको ११औ पुर्ण बैठकमा सार्वजनिक गरेका हुन।लोगोमा समग्र गौरादहलाई समेटिएको छ। लोगो सार्वजनिक कार्यक्रममा गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदी […]

Continue Reading

कोशी सरकार विरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

झापा ।कोशी सरकार गठनविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो । निवर्तमान मुख्यमन्त्री कार्कीको रिट जेठ ९ गते पूर्ण इजलासमा सुनुवाइ हुने समेत बताइएको छ । सर्वोच्चले काशी सरकारको विवादमा संवैधानिक व्याख्या आवश्यक […]

Continue Reading

एमाले नेता दाहालको आरोप- ‘कांग्रेस वर्तमान गठबन्धन भत्काउन सुरुबाटै लागेको छ’

झापा । राष्ट्रिय सभामा नेकपा एमालेका संसदीय दलका नेता देवेन्द्र दाहालले वर्तमान गठबन्धन बनेको सुरुवाती दिनदेखि नै सरकार परिवर्तनको खेल सुरु भएको बताएका छन् । शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकमा नयाँ सत्ता गठबन्धन बनेको सुरुको दिनदेखि नै सरकार भत्काउने चलखेल सुरु भएको आरोप लगाए । उनले सत्तालाई […]

Continue Reading

कोशी प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते आह्वान, विश्वासको मत लिने कार्कीको तयारी

झापा । प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् ।  खापुङले सरकारको सिफारिसमा वैशाख ३१ गते प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोही दिन प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका कार्की नेतृत्वको सरकारले वैशाख ३१ गते प्रदेशसभाको अधिवेशन आह्वान गर्न सिफारिस गरेको थिए […]

Continue Reading

कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता हिक्मतकुमार कार्की नियुक्त

झापा । कोशी प्रदेशका मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको छ । कार्कीलाई समर्थन गरेका ५२ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुख परशुराम खापुङले सनाखत गरेसँगै उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । कार्कीको आजै शपथ ग्रहण हुने भएको छ । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कोशी प्रदेश सरकार गठन प्रयोजनका […]

Continue Reading