कोशी प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते आह्वान, विश्वासको मत लिने कार्कीको तयारी

ताजा समाचार प्रदेश राजनीति

झापा ।

प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् ।

 खापुङले सरकारको सिफारिसमा वैशाख ३१ गते प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।

नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोही दिन प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका कार्की नेतृत्वको सरकारले वैशाख ३१ गते प्रदेशसभाको अधिवेशन आह्वान गर्न सिफारिस गरेको थिए ।

सोही अनुसार प्रदेश प्रमुखले २०८१ वैशाख ३१ गते प्रदेशसभाको अधिवेशन आह्वान गरेका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।यता कोशी प्रदेश सरकार गठन विरुद्धको रिट सर्वोच्च अदालतमा हरिप्रसाद फुयाँलको इजलासमा सुनुवाइ जारी छ ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *