झापाका १५ वटै स्थानीय तहमा एमालेको पालिका अधिवेशन सुरु

ताजा समाचार राजनीति स्थानिय हाम्रो झापा

झापा ।
नेकपा एमालेले झापाका १५ वटै स्थानीय तहमा पालिका अधिवेशन सुरु गरेको छ । शुक्रवार कमल गाउँपालिकाको अधिवेशन उद्घाटन गरिएको छ ।
नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् झापा जिल्ला इञ्चार्ज विशाल भट्टराईले जिल्लाको पालिकाको पहिलो अधिवेशन उद्घाटन गरेका छन् । उनका अनुसार झापाका सबै पालिकाको अधिवेशन जेठ १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

पार्टी केन्द्रले जेठ मसान्तभित्र पालिका कमिटी, वडा कमिटीसम्मको अधिवेशन सम्पन्न गर्न निर्देशन गरेको छ । सो निर्देशन बमोजिम झापा जिल्लामा पालिकाको जेठ १५ भित्र र १३१ वडाको अधिवेशन मसान्तभित्र सम्पन्न गर्ने योजना बनाइएको छ ।

एमाले झापाका सचिव तुलसी कार्कीले जिल्लामै पहिलो पालिका अधिवेशन कमल गाउँपाकिलाबाट सुरु भएको जानकारी दिए । उनले जेठ ४–५ गौरादह, ११–१२ दमक, १२–१३ बिर्तामोड, १२ गते हल्दिवारी, १२ गते बुद्धशान्तिमा अधिवेशन तयारी भइरहेको जानकारी दिएका छन् । अन्य पालिकाहरुले पनि समयसीमाभित्र अधिवेशन सम्पन्न गर्ने उनको भनाई छ ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *