कोशीका मुख्यन्याधिवक्ता कोइराला पद मुक्त

ताजा समाचार प्रदेश राजनीति


विराटनगर ।

कोशी प्रदेशका मुख्य महान्यायाधिवक्ता रुपेश कोइराला पदमुक्त भएका छन् । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नियुक्त गरेका कोशी प्रदेश मुख्य न्याधिवक्ता रुपेश कोइरालालाई मुख्यमन्त्री हिक्मत कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले पदमुक्त गरेका हुन् ।
मुख्यमन्त्री हिक्मत कार्कीले मुख्यन्याधिवक्ता बाट कोइरालालाई पदमुक्त गर्न सिफारिस गरेका थिए । मुख्यमन्त्रीको सिफारिसका आधारमा नेपालको संविधानको धारा १६० उप धारा ४ को खण्ड ख बमोजिम पदबाट मुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश प्रमुखको कार्यालय कोशीका सूचना अधिकारी रामकुमार श्रेष्ठले आजैका मितिबाट कोइरालालाई पदमुक्त गरिएको जानकारी दिए ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *