न्यूनतम सेवा मापदण्ड कार्यान्वयन, सेवा गुणस्तर सुधार र नागरिकमैत्री स्वास्थ्य प्रणाली निर्माणमा जोड

कमल/ कमल गाउँपालिका वडा नम्बर ५ स्थित सामुदायिक स्वास्थ्य इकाई (सिम्ले) मा स्वास्थ्य सेवा सुदृढीकरण, गुणस्तरीय सेवा प्रवाह तथा नागरिकमैत्री स्वास्थ्य प्रणाली निर्माण गर्ने उद्देश्यले अभिमुखीकरण, समीक्षा तथा कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न भएको छ। स्थानीय तहको आधारभूत स्वास्थ्य सेवालाई थप व्यवस्थित, उत्तरदायी र सेवाग्राहीमैत्री बनाउने लक्ष्यसहित आयोजित कार्यक्रमले स्वास्थ्य संस्थाको संस्थागत क्षमता अभिवृद्धिमा योगदान पुर्‍याउने […]

Continue Reading

पाडाजुङ्गी स्वास्थ्य केन्द्रमा न्यूनतम सेवा मापदण्ड अभिमुखीकरण, विपन्न सुत्केरीलाई पोषण सामग्री वितरण

झापा । कमल गाउँपालिका वडा नम्बर ५ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र पाडाजुङ्गीमा स्वास्थ्य सेवा सुदृढीकरणसँग सम्बन्धित महत्वपूर्ण कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य संस्थाको सेवा प्रवाहलाई अझ प्रभावकारी, गुणस्तरीय र सेवाग्राहीमैत्री बनाउने उद्देश्यले न्यूनतम सेवा मापदण्ड अभिमुखीकरण, समीक्षा तथा कार्ययोजना निर्माण कार्यक्रम आयोजना गरिएको हो।कमल गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष लाल बहादुर विष्टको […]

Continue Reading

ग्लोबल एजुकेशनल एकेडेमीको उत्कृष्ट नतिजा : पाँच विद्यार्थीले ल्याए ४.० जिपिए

झापा/दमक–६ स्थित ग्लोबल एजुकेशनल एकेडेमीले यस वर्षको एसईई परीक्षामा उत्कृष्ट सफलता हासिल गरेको छ। विद्यालयका पाँच विद्यार्थी—प्रतीक अर्याल, पूजन पौडेल, रोनिश दाहाल, रोशन बिमली र स्वेच्छा अधिकारीले ४.०  जिपिए प्राप्त गर्दै विद्यालयलाई गौरवान्वित बनाएका हुन्।विद्यालयका प्रिन्सिपल गुणराज अधिकारीले यस उपलब्धिलाई विद्यार्थीहरूको कठोर मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकहरूको निरन्तर सहयोगको प्रतिफल भएको बताए। उनले उत्कृष्ट नतिजाले […]

Continue Reading

रास्वपाको पहिलो महाधिवेशन चितवनमा : असार ७, ८ र ९ गते हुने

झापा/ राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा हुने भएको छ। आज बिहान बसेको केन्द्रीय समितिको बैठकमा असार ७, ८ र ९ गते चितवन गर्ने तय भएको रास्वपाका नेता प्रमोद न्यौपानेले जानकारी दिए। बैठकमा महाधिवेशनको लागि विभिन्न समिति समेत गठन भएको छ। यसैगरी अहिलेको केन्द्रीय समितिलाई आयोजक समितिमा रुपान्तरण गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी २०७९ सालको […]

Continue Reading

द एभरेष्टद्वारा बिरामीलाई सहयोग

दमक/दमक -५ बेलडाँगी रोडमा मुख्य कार्यालय रहेको द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले जिल्लाको कनकाई नगरपालिकास्थित सुरुङ्गाका एक अशक्त विरामीलाई नगद सहयोग प्रदान गरेको छ ।दुवै हात, खुट्टा गुमाएका २६ बर्षिय उमेश खाँतीलाई संस्थाको एक टोली सोमबार घरमै पुगेर नगद १५ हजार ५ सय ५ रुपैया आर्थिक सहयोग उपलव्ध गराएका हुन् । संस्थाका अध्यक्ष […]

Continue Reading

एसईई दिएका विद्यार्थीहरूका लागि विराटनगरमा वृहत् प्राविधिक तथा व्यावसायिक शिक्षा मेला जेठ २ र ३ गते

विराटनगर । एसईई परीक्षा दिएका विद्यार्थीहरूलाई लक्षित गर्दै विराटनगरमा वृहत् प्राविधिक तथा व्यावसायिक शिक्षा मेला तथा सीप प्रदर्शनी आयोजना हुने भएको छ । कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) कोशी प्रदेश कार्यालयको संयुक्त आयोजनामा विराटनगरस्थित श्री आदर्श माध्यमिक विद्यालयमा आगामी २०८३ साल जेठ २ र ३ गते […]

Continue Reading

प्रिमियर कलेजमा पाककला प्रदर्शनी

दमक/ दमक ५ को प्रिमियर कलेज अफ हस्पिटालिटी मेनेजमेन्टले सोमबार पाककला प्रदर्शनीको आयोजना गरेको छ । कलेका विद्यार्थीले तयार पारेका परिकारहरुको अवलोकन तथा अनुभव गराउने उदेश्यले कार्यक्रम गरिएको कलेजले जनाएको छ । अभिभावक भेटघाट समेत रहेको कार्यक्रममा प्रिमियर कलेजमा कक्षा ११ मा अध्ययन्रत विद्यार्थीहरुले तयार पारेका परिकारहरुबाट अभिभावक तथा अतिथीहरुलाई स्वागत गरिएको थियो । सद्धान्तिक […]

Continue Reading

कमल गाउँपालिकालाई विपद् तथा जलवायु उत्थानशील योजना पुस्तक हस्तान्तरण

झापा — कमल गाउँपालिकामा विपद् जोखिम न्यूनीकरण तथा जलवायु उत्थानशील विकासलाई संस्थागत रूपमा मजबुत बनाउने उद्देश्यले तयार गरिएको “बिपद तथा जलवायु उत्थानशील योजना (LDCRP)” सम्बन्धी पुस्तक आज औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।लुथरन सामुदायिक कल्याण समाज, रंगेलीको प्राविधिक सहयोगमा तयार गरिएको उक्त योजना पुस्तक एक कार्यक्रमबीच लुथरन सामुदायिक कल्याण समाजका अध्यक्ष जोसेफ सोरेनले कमल गाउँपालिका अध्यक्ष […]

Continue Reading

एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी

झापा/माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।बोर्डकी सूचना अधिकारी लक्ष्मी मरासिनीले मंगलबारसम्म नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बताइन्। उनले भनिन्, ‘सबै तयारी पूरा भइसकेको छ । प्राविधिक रूपमा कुनै समस्या नआए २ दिनभित्र नतिजा प्रकाशित […]

Continue Reading

कमलमा पोषण अभियान तीव्र : घरदैलोमै बालबालिका र आमाको स्वास्थ्य परीक्षण

झापा/कमल गाउँपालिकामा सञ्चालन भइरहेको राष्ट्रिय पोषण लेखाजोखा अभियान अहिले तीव्र रूपमा समुदायस्तरमा विस्तार भइरहेको छ। बालबालिका तथा आमाको पोषण अवस्था पहिचान गर्दै कुपोषण रोकथाम र व्यवस्थापन गर्ने उद्देश्यले गाउँपालिकाले ८ स्वास्थ्य संस्थामार्फत ७ वटै वडाका बस्ती, टोल र समुदायमा अभियान सञ्चालन गरिरहेको जनाएको छ।वैशाख १५ देखि ३० गतेसम्म सञ्चालन हुने अभियानअन्तर्गत ‘सुनौलो हजार दिन’का आमा […]

Continue Reading