ग्लोबल एजुकेशनल एकेडेमीको उत्कृष्ट नतिजा : पाँच विद्यार्थीले ल्याए ४.० जिपिए

ताजा समाचार मुख्य समाचार शिक्षा

झापा/दमक–६ स्थित ग्लोबल एजुकेशनल एकेडेमीले यस वर्षको एसईई परीक्षामा उत्कृष्ट सफलता हासिल गरेको छ। विद्यालयका पाँच विद्यार्थी—प्रतीक अर्याल, पूजन पौडेल, रोनिश दाहाल, रोशन बिमली र स्वेच्छा अधिकारीले ४.०  जिपिए प्राप्त गर्दै विद्यालयलाई गौरवान्वित बनाएका हुन्।
विद्यालयका प्रिन्सिपल गुणराज अधिकारीले यस उपलब्धिलाई विद्यार्थीहरूको कठोर मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकहरूको निरन्तर सहयोगको प्रतिफल भएको बताए। उनले उत्कृष्ट नतिजाले विद्यालयको शैक्षिक गुणस्तरलाई थप पुष्टि गरेको उल्लेख गर्दै आगामी दिनमा पनि गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राखेर अझ उत्कृष्ट परिणाम हासिल गर्ने प्रतिबद्धता व्यक्त गरे।
विद्यालय प्रशासनका अनुसार यस वर्षको एसईई नतिजामा विद्यालयले समग्र रूपमा उल्लेखनीय सफलता प्राप्त गरेको छ। ४.० जिपिए  हासिल गर्ने पाँच विद्यार्थीको सफलताले विद्यालयको शैक्षिक वातावरण र अनुशासित अध्ययन संस्कृतिलाई उजागर गरेको छ।
दमक क्षेत्रमा गुणस्तरीय शिक्षाका लागि परिचित ग्लोबल एजुकेशनल एकेडेमीको यस सफलताले विद्यालय परिवारसँगै स्थानीय समुदायलाई पनि गौरवान्वित बनाएको छ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *