केपी शर्मा ओलीले फिर्ता गरे सरकारी गाडी

झापा/पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी गाडी फिर्ता गरेका छन्। गृह मन्त्रालयका अनुसार दोहोरो सुविधाको सवारीसाधन पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयलाई फिर्ता गरेका हुन्। गृह मन्त्रालयले दोहोरो सुविधामा लिएको गाडी फिर्ता गर्न पत्र पठाएपछि एमाले अध्यक्ष ओलीले गाडी फिर्ता गरेका हुन्।

Continue Reading

सरकारले गर्‍याे १२ वटा ट्रेड युनियन संगठनहरूको दर्ता खारेज

झापा/सरकारी कर्मचारीका १२ वटा ट्रेड युनियन संगठनहरूको दर्ता खारेज भएकाे छ । श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले बुधबार एक सूचना जारी गर्दै कर्मचारीका १२ वटा ट्रेड युनियन संगठनहरूको दर्ता खारेज भएकाे जनाएकाे हाे । विभागकाे निर्णयअनुसार ८ वटा निजामती कर्मचारीका र ४ वटा स्वास्थ्यकर्मीका ट्रेड युनियनहरू खारेज भएका हुन् । विभागका अनुसार नेपाल निजामती […]

Continue Reading

बालेनलाई जिताएकै मतदाता निस्किए उनी विरुद्ध सडकमा

झापा/सुकुमबासी बस्तिमा डोजर चलाएर खालि गराउने क्रमका विरुद्ध झापा क्षेत्र नं. ५ का भुमिहिन सुकुमबासी आन्दोलित बनेका छन् । यहि क्षेत्र बाट गत निर्वाचनमा बालेन्द्र साह निर्वाचित हुनु भएको थियो । रास्वपाका वरिष्ठ नेता साहलाई त्यसै बेला भावि प्रधानमन्त्रीको रुपमा अघि सारेको थियो । सोहि अनुसार उहाँ हाल झण्डै दुई तिहाई मत सहितको एकल सरकारको […]

Continue Reading

कमल गाउँपालिकामा डोजर नचल्ने अध्यक्ष राईको भनाई ,वास्तविक सुकुम्बासीको तथ्यांक संकलन सुरु

झापा/कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले भूमिहीन तथा सुकुम्बासी नागरिकलाई लक्षित गर्दै कमल क्षेत्रमा तत्काल डोजर नचल्ने स्पष्ट पारेका छन्। विगतका भूमि आयोगहरूको प्रभावकारी काम नहुँदा धेरै वास्तविक भूमिहीन नागरिक लालपुर्जाबाट वञ्चित भएको उल्लेख गर्दै उनले पहुँचवालाको प्रभावले वास्तविक हकदार अन्यायमा परेको बताए।संघीय सरकारको पछिल्लो कदमबारे स्पष्ट जानकारी नहुँदा स्थानीयवासीमा त्रास फैलिएको भन्दै गाउँपालिकाले यसलाई गम्भीर […]

Continue Reading

कमलमा सुकुमबासीको प्रदर्शन

दमक/ भुमि अधिकार तथा श्रमिक संगठनको आयोजनामा झापाको कमल गाउँपालिकामा रहेका भूमिहीन तथा सुकुमबासीहरूले सोमबार विरोध र्‍याली प्रदर्शन सहित गाउँपालिकामा ज्ञापन पत्र बुझाएका छन् ।सरकारले काठमाडौंसहित देशका विभिन्न स्थानमा सुकुमबासी बस्तीमा जवरजस्ती डोजर चलाएर उठीबास लगाउने काम गरेको तथा दैनिक जीवन नै कष्टकर बनाएको आरोप लगाउँदै उनीहरूले नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।कमल गाउँपालिकाको विभिन्न स्थानबाट […]

Continue Reading

लागुऔषधको जालो तोड्न डीआईजी थपलियाको एक्सन

झापा/मधेस प्रदेशमा केही वर्ष यता लागुऔषध दुर्व्यसन गम्भीर सामाजिक समस्याको रूपमा देखा पर्दै गएको छ । विशेषगरी भारतसँगको खुला सीमाका कारण लागुऔषध भित्रिने क्रम बढेको र त्यसको असर युवापुस्तामा परिरहेको देखिन्छ । तर प्रदेश प्रहरी प्रमुख डीआइजी गोविन्द थपलियाले अभियानलाई प्रभावकारी बनाउन आठ वटै जिल्लाका प्रहरी प्रमुखलाई स्पष्ट निर्देशन दिएका छन् । उनका अनुसार लागुऔषध […]

Continue Reading

एमालेमा डिजिटल सदस्यता प्रणाली लागू, समयमै नवीकरण नगर्नेलाई जिम्मेवारीबाट स्वतःमुक्त गरिने

झापा/एमाले)ले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ। आज केन्द्रीय कार्यालयमा आयोजित सदस्यता सम्बन्धी डेमो बैठकमा यसबारे विस्तृत छलफल गरिएको हो। पार्टीका उपाध्यक्ष, महासचिव, प्रदेशका नेताहरू तथा जनसंगठनका प्रतिनिधिहरूको उपस्थितिमा संगठन विभागले प्रस्तुत गरेको सदस्यता व्यवस्थापनसम्बन्धी डेमो (प्रदर्शनात्मक) बैठकमा प्रस्तावित प्रणाली र कार्यान्वयन मोडेलबारे विस्तृत छलफल गरिएको थियो। बैठकमा अनलाइन […]

Continue Reading

सिम्रीक यातायातद्वारा सेवा विस्तार

झापा/पूर्वी नेपालबाट काठमाडौंसम्म लामो दुरीको यात्रामा आफ्नो छुट्टै पहिचान स्थापित गर्दै आएको सिम्रीक यातायात ट्राभल्स एण्ड टुर्स प्रा.लि. ले सेवा विस्तारको क्रमलाई निरन्तरता दिँदै नयाँ रुटमा दैनिक नियमित रात्रि बस सेवा सञ्चालनमा ल्याएको छ। यात्रुहरूको विश्वास, सहजता र सुरक्षित यात्रालाई प्राथमिकतामा राख्दै कम्पनीले हालसम्म काँकरभिट्टा,काठमाडौं, गौरिगञ्ज,काठमाडौं, धरान,काठमाडौं तथा विराटनगर,काठमाडौं रुटमा सफल सेवा सञ्चालन गरिसकेको छ।यी […]

Continue Reading

सुकुम्वासी बस्तीमा डोजर चलाउने काम तत्काल बन्द गरियोस् – एमाले झापा(विज्ञप्ति सहित)

झापा/नेकपा एमाले झापाले विना व्यवस्थापन सुकुम्बासी बस्तीमा डोजर चलाउने काम तत्काल बन्द गर्न सरकार समक्ष आग्रह गरेको छ । सुकुम्बासीहरुका लागि व्यवस्थापन मिलाएर मात्रै घरहरु भत्काउन एमालेले आग्रह गरेको हो । संविधानले प्रत्येक नागरिकलाई सुरक्षित आवासको मौलिक हक प्रत्याभूत गरे पनि वर्तमान सरकारले सुकुम्बासी बस्तीहरूमा अमानवीय ढंगले डोजर चलाएर नागरिकको बाँच्न पाउने अधिकारमाथि नै धावा […]

Continue Reading

दमकको हिमालय माविका हेडसर र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा, झण्डै १ करोड बिगो

झापा /दमक नगरपालिका-२ स्थित हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । विद्यालयको भवन निर्माणलगायतमा भ्रष्टाचार अभियोगमा प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध ९३ लाख ८३ हजार ३०९ रूपैयाँ बिगो दाबीसहित अख्तियारले मुद्दा दायर गरेको हो । दमक नगरपालिकामार्फत् आर्थिक वर्ष २०७७/७८ देखि भएको भवन निर्माणमा पहिलो तलाको वास्तविक […]

Continue Reading