प्रिमियर कलेजमा पाककला प्रदर्शनी

Share

दमक/ दमक ५ को प्रिमियर कलेज अफ हस्पिटालिटी मेनेजमेन्टले सोमबार पाककला प्रदर्शनीको आयोजना गरेको छ । कलेका विद्यार्थीले तयार पारेका परिकारहरुको अवलोकन तथा अनुभव गराउने उदेश्यले कार्यक्रम गरिएको कलेजले जनाएको छ ।

अभिभावक भेटघाट समेत रहेको कार्यक्रममा प्रिमियर कलेजमा कक्षा ११ मा अध्ययन्रत विद्यार्थीहरुले तयार पारेका परिकारहरुबाट अभिभावक तथा अतिथीहरुलाई स्वागत गरिएको थियो । सद्धान्तिक मात्र नभई व्यवहारीक ज्ञान समेत दिँदै आएकाले आफ्ना सन्तानको प्रगती अभिभावक आँफैले हेर्न र महसुस गर्न सहयोग पु¥याउने उदेश्यले कार्यक्रम गरिएको कलेजका अध्यक्ष चन्द्र थापाले बताए ।

कार्यक्रममा विद्यार्थीहरुले अतिथी सत्कार, खाना बनाउने शैली र शिप, तयार पारेका खाना प्रदर्शनी र उपलव्ध गराएका थिए । दैनिक सैद्धान्तिक र व्यवहारीक ज्ञान समेत दिने गरिएकाले यस कलेजबाट उत्तिर्ण भएका सवै जसो विद्यार्थी उच्च शिक्षा अध्ययन तथा रोजगारीमा आवद्ध रहेको कलेजकी प्रिन्सिपल दीपा दाहालले जानकारी दिईन् । कलेजका प्रशासन प्रमुख रञ्जित कार्कीका अनुसार नेपाली पर्यटन उद्योगमा ठुलो संख्यमा दक्ष जनशक्तिको माग भई रहेको छ । यस्तै स्वदेशमानै रोजगारी गर्न तथा उद्यम सञ्चालनका लागि समेत होटल मेनेजमेन्ट अध्ययन गरेका जनशक्तिको माग हुने गरेको उनको भनाई छ ।

ताजा समाचार