शोकको घडीमा सहाराको हात: सनराइज मोडल स्कुलले दमक–२ का बासिन्दाका लागि नि:शुल्क मलामी बस सेवा सञ्चालन गर्ने

ताजा समाचार मुख्य समाचार

दमक/ शिक्षा केवल कक्षाकोठाभित्र सीमित हुँदैन, समाजप्रतिको उत्तरदायित्व पनि हो भन्ने उदाहरण दमक नगरपालिका–२ स्थित सनराइज मोडल स्कुलले प्रस्तुत गरेको छ।
वडा नं. २ भित्र कुनै परिवारमा शोक (मरिमराउ) पर्दा दुःखको त्यो कठिन क्षणमा स्थानीयलाई साथ दिने उद्देश्यले विद्यालयले नि:शुल्क मलामी बस सेवा उपलब्ध गराउने घोषणा गरेको हो।
विद्यालयका निर्देशक जनार्दन मैनालीका अनुसार यो निर्णय सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धताको प्रतिफल हो। उहाँले बताउनुभएअनुसार विद्यार्थीहरूलाई विद्यालय पुर्‍याइसकेपछि, अर्थात् बिहान १० बजेपछि, आवश्यक परेमा उक्त बस सेवा निःशुल्क रूपमा उपलब्ध गराइनेछ।
दुःखमा साथ दिने हात नै सबैभन्दा ठूलो मानवता हो। सनराइज मोडल स्कुलको यो पहलले शिक्षा संस्थाले समाजसँगको सम्बन्ध केवल पढाइमा मात्र नभई संवेदना, सहयोग र मानवियतामा पनि जोडिएको सन्देश दिएको छ। स्थानीय समुदायले विद्यालयको यस मानवीय निर्णयको स्वागत गरेका छन्।

What do you feel about this post?

100%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *