एमाले सांसदले कुनै पनि पारिवारिक सदस्यलाई स्वकीय राख्न नपाउने

ताजा समाचार मुख्य समाचार राजनीति

झापा/नेकपा (एमाले) का सांसदहरूले परिवारका सदस्यहरूलाई स्वकीयका रूपमा राख्न नपाउने भएका छन् । एमाले संसदीय दलको बैठकले शुक्रबार पारित गरेको स्वकीय सुविधासम्बन्धी मापदण्ड र कार्यविधिमा सांसदहरूले राख्ने स्वकीय परिवारका सदस्यबाहेकको व्यक्ति हुनुपर्ने उल्लेख गरिएको छ ।

एमालेले स्वकीयको योग्यता पनि निर्धारण गरेको छ । जसमा अधिकृत तहका स्वकीयका सचिवका लागि न्यूनतम स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने र उपसचिव तहका स्वकीयका लागि स्नातकोत्तर तह उत्तीर्ण भएको हुनुपर्ने मापदण्ड तय गरेको छ ।

त्यस्तै सूचना प्रविधि (आइटी) मा दक्ष भएको, कानुनी मस्यौदा, नीति तथा कार्यक्रम अध्ययन तथा प्रगति प्रतिवेदनको गहन अध्ययन गरी मुख्य सार निकाल्न सक्नेलाई प्राथमिकता दिने मापदण्ड तय गरेको छ ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *