एमाले केन्द्रीय कमिटी बैठक बस्दै

झापा-नेकपा एमाले केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ ।  एमालेको सातौँ केन्द्रीय कमिटी बैठक आजदेखि १० गतेसम्म ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्दैछ । बैठक आज बिहान ११ बजे बस्ने तय भएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकका लागि ६ वटा कार्यसूची तय गरिएको जानकारी दिए । उनका अनुुसार बैठकमा पार्टी अध्यक्ष केपी […]

Continue Reading

आज ७४औं प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै

झापा—नेपाली जनता जहानियाँ राणा शासनबाट मुक्त भई प्रजातन्त्र स्थापना गरेको दिनको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम गरी ७४औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाईंदै छ । नेपाली जनताको सङ्घर्ष र बलिदानीबाट राणा शासनको अन्त्य भई प्रजातन्त्रिक नयाँ युग प्रारम्भ भएको दिन फागुन ७ लाई नेपाल र नेपाली जनताका निम्ति ऐतिहासिक महत्वको दिनको रुपमा लिइन्छ । जनक्रान्तिका माध्यमबाट […]

Continue Reading

विराटचोकमा श्रीमतीले गरिन् श्रीमानको हत्या

झापा – मोरङको सुन्दरहरैंचामा महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन । सुन्दरहरैंचा नगरपालिका १० स्थित त्रिवेणे चौक पुर्व पट्टी रहेको वरपिपल चौक बस्ने ५५ वर्षिय गंगाबहादुर दनुवारको मृत्यु भएको हो ।शुक्रबार राती करिब ८ बजे आफ्नै घरमा घरायसी विवाद हुदा ४० वर्षिय श्रीमती विना दनुवारले श्रीमान गंगाबहादुर दनुवारलाई धकेल्दा श्रीमान दनुवारको मृत्यु भएको थियो ।प्रहरीले […]

Continue Reading

झापाको बुद्धशान्तिमा आमाको आत्मदाह प्रयासमा छोरीको मृत्यु

झापा— जिल्लाको बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडाकी २८ वर्षीया माया रम्तेलले पाँच वर्षीया छोरी वर्षालाई शरीरमा बाँधेर आत्मदाह गर्दा छोरीको मृत्यु भएको छ । सो प्रयासमा आमा गम्भीर घाइते भएकी छन् ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीका अनुसार शुक्रबार राति ८ः३० बजेतिर मायाले आफ्नै शरीरमा पेट्रोल खन्याइ आगो लगाएकी थिइन् । घटनामा दुवै जना गम्भीर घाइते […]

Continue Reading

गौरादह १ को अर्धवार्षिक समिक्षा सम्पन्न (प्रतिवेदन सहित)

झापा —गौरादह नगरपालिका वडा नं १ ले चालु आर्थिक वर्षको अर्धवार्षिक समिक्षा गरेको छ । यस वर्षका ४३ वटा वटा योजना मध्ये अहिले सम्म १२ वटा योजना सम्पन्न भइसकेको जनाइएको छ ।वडा अध्यक्ष नगेन्द्र भण्डारीले २१ वटा योजना अहिले सञ्चालन भइरहेको बताएका छन् । यस्तै १० वटा योजना भने सम्झौता हुन बाकी रहेको उनले जनकारी […]

Continue Reading

शनिबार झापा जिल्लाभर विद्युत अबरुद्ध हुने

झापा — भोलि (शनिबार ) झापा जिल्लाभर दिनभरि विद्युत अवरुद्ध हुने भएको छ ।दुहबी ग्रिड शाखाको सूचना अनुसार भोलि अनारमनी वितरण केन्द्र , धुलावारी वितरण केन्द्र , भद्रपुर वितरण केन्द्र र दमक वितरण केन्द्रअन्तर्गतका सम्पूर्ण ११ केभी फिडरहरुमा विद्युत अवरुद्ध हुने भएको हो । अनारमनी ग्रिडको १३२ केभी इन्कमरको सीटी अपग्रेडिङ गर्नुपर्ने भएकाले अनारमनी वितरण […]

Continue Reading

बोक्सिको आरोपमा मलमूत्र खुवाउने मोरङका झाँक्री पक्राउ

झापा — मोरङको बूढीगंगामा बोक्सीको आरोप लगाउँदै एक जना महिलामाथि कुटपिट गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको बूढीगंगा गाउँपालिका–७ की ५० वर्षीय पारो माझीलाई पक्राउ पक्राउ गरेको हो । प्रहरीका अनुसार ५५ वर्षीय महिलालाई कुटपिट गर्दै र यातना दिँदै मानव मलमूत्र ९दिसा–पिसाब० खुवाएर अमानवीय व्यवहार गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए […]

Continue Reading

ललिता निवास प्रकरणः दुई पूर्वसचिवसहित १२ जना दोषी ठहर, पूर्वमन्त्री निर्दोष

झापा-बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतले फैसला सुनाएको छ । न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बिहीबार फैसला गरेको हो । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार दुईजना पूर्वसचिव र केही कर्चारीसहित जग्गा बिक्रीमा संलग्न व्यक्तिहरूलाई दुई वर्षसम्म कैद र जरिवानाको फैसला भएको छ । यो प्रकरणमा अख्तियार दुरपयोग अनुसन्धान आयोगका […]

Continue Reading

कपिलवस्तुको शिवराज नगरपालिकामा बस दुर्घटना १० जनाको मृत्यु  ,३० जना घाइते 

कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुलनजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। कम्तीमा ३० जना घाइते भएका छन्।   मृतकहरूको सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए। उनका अनुसार कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुनौलो महाकाली  यातायातको सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट २०० मिटर तल खसेको हो। घाइतेमध्ये ९ […]

Continue Reading

हात्तीले दुःख दिएपछि झापाको कचनकवलबाट ४ वर्षमा १ हजार ६ सय ८ घर परिवार अन्यत्र गए

झापा – झापाको कचनकवल गाउँपालिकामा हात्ती आक्रमणबाट ज्यान जोगाउनका लागि बसाइँ सर्नेको सङ्ख्या बढ्न थालेको छ । दैनिक आउने जङ्गली हात्तीबाट जनधनको क्षति हुन थालेपछि स्थानीयवासी बसाइँ सर्न थालेका हुन् । पालिकाबाट चार वर्षको अवधिमा एक हजार छ सय आठ घर परिवार बसाइँ सरेर पालिकाभन्दा अन्यत्र गएका गाउँपालिकाको कार्यालयले जनाएको छ । कचनकवल–१ घेराबारी निवासी […]

Continue Reading