हात्तीले दुःख दिएपछि झापाको कचनकवलबाट ४ वर्षमा १ हजार ६ सय ८ घर परिवार अन्यत्र गए

ताजा समाचार समाज स्थानिय हाम्रो झापा

झापा – झापाको कचनकवल गाउँपालिकामा हात्ती आक्रमणबाट ज्यान जोगाउनका लागि बसाइँ सर्नेको सङ्ख्या बढ्न थालेको छ ।

दैनिक आउने जङ्गली हात्तीबाट जनधनको क्षति हुन थालेपछि स्थानीयवासी बसाइँ सर्न थालेका हुन् । पालिकाबाट चार वर्षको अवधिमा एक हजार छ सय आठ घर परिवार बसाइँ सरेर पालिकाभन्दा अन्यत्र गएका गाउँपालिकाको कार्यालयले जनाएको छ ।

कचनकवल–१ घेराबारी निवासी ५५ वर्षीया सीता सुवेदीले हात्तीले पटक पटक घर भत्काएर अन्नबाली खाएपछि आफ्नो परिवार बसाइँ सर्न बाध्य भएको बताउनुभयो । गएको जेठमा हात्तीले घर भत्काएर भण्डारण गरेको अन्नबालीसमेत खाइदिएपछि उहाँको परिवार कमल गाउँपालिका–६ मङ्गलबारे डेरा गरेर बसेको छ ।

जङ्गली हात्तीको हुल दैनिकजसो बस्तीमा पस्न थालेपछि गाउँमै बस्न सक्ने अवस्था नै नरहेको स्थानीयवासीको भनाइ छ ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *