झापा – मोरङको सुन्दरहरैंचामा महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन । सुन्दरहरैंचा नगरपालिका १० स्थित त्रिवेणे चौक पुर्व पट्टी रहेको वरपिपल चौक बस्ने ५५ वर्षिय गंगाबहादुर दनुवारको मृत्यु भएको हो ।
शुक्रबार राती करिब ८ बजे आफ्नै घरमा घरायसी विवाद हुदा ४० वर्षिय श्रीमती विना दनुवारले श्रीमान गंगाबहादुर दनुवारलाई धकेल्दा श्रीमान दनुवारको मृत्यु भएको थियो ।
प्रहरीले दनुवारको श्रीमती विना दनुवारलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार मृतक दनुवारको शरिरमा चोट पटक देखिएको छैन । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
What do you feel about this post?
0%

Like
0%

Love
0%

Happy
0%

Haha
0%

Sad
0%



