कपिलवस्तुको शिवराज नगरपालिकामा बस दुर्घटना १० जनाको मृत्यु  ,३० जना घाइते 

ताजा समाचार

कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुलनजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। कम्तीमा ३० जना घाइते भएका छन्।  

मृतकहरूको सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए।

उनका अनुसार कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुनौलो महाकाली  यातायातको सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट २०० मिटर तल खसेको हो।

घाइतेमध्ये ९ जनालाई उपचारका लागि बुटवल रिफर लगिएको छ। अन्य घाइतेको उपचार सञ्जीवनी र आधारभूत अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *