ललिता निवास प्रकरणः दुई पूर्वसचिवसहित १२ जना दोषी ठहर, पूर्वमन्त्री निर्दोष

आर्थिक ताजा समाचार

झापा-बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतले फैसला सुनाएको छ । न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बिहीबार फैसला गरेको हो ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार दुईजना पूर्वसचिव र केही कर्चारीसहित जग्गा बिक्रीमा संलग्न व्यक्तिहरूलाई दुई वर्षसम्म कैद र जरिवानाको फैसला भएको छ ।

यो प्रकरणमा अख्तियार दुरपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त तथा तत्कालिन भौतिक योजना सचिव दीप बस्न्यात र तत्कालीन भूमिसुधार सचिव छविराज पन्त दोषी ठहर भएका छन् । उनीहरुलाई दुई वर्ष कैद, ८० लाख जरिवाना र बिगो असुल गर्ने फैसला गरेको छ । उनीहरुलाई नक्कली मोही खडा गरेको दोषी ठहर गरिएको हो ।

यसैगरी सरकारी जग्गा आफ्नो नाममा ल्याउने व्यापारी मीनबहादुर गुरूङ, भूमाफिया शोभाकान्त ढकाल र रामकुमार सुवेदी पनि दोषी ठहर भएका छन् । तत्कालीन मालपोत अधिकृत कलाधर देउजा पनि यो प्रकरणमा दोषी ठहरिएका छन् ।

मुद्दा दायर भएका पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्रीद्वय डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीले भने सफाइ पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ साल माघ २२ मा ११० जनासँग बिगो र कैद तथा ६५ जनाबाट जग्गा जफत गर्ने सम्बन्धी अभियोगमा मुद्दा दायर गरेको थियो ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *