दमकका सरकारी जग्गामा अनियमितता , तत्कालीन नापी अधिकृतसहित १८७ जना विरुद्ध ४१ करोडको भ्रष्टाचार मुद्दा दायर ।

दमक —अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नियमित विपरीत सरकारी जग्गा व्यक्ति विशेषको रुपमा दर्ता गरी भ्रष्टाचार गरेको आरोपमा नापी कार्यालय झापाका तत्कालीन नापी अधिकृत रामदेव मण्डल धानुकसमेत १८७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।अख्तियारका प्रवक्ता नरहरि घिमिरेले झापाको साविक दमक ६ ग को सर्पट नापीको समयमा दमक नगरपालिका वडा नम्बर १३ र १४ कायम रहेको […]

Continue Reading

दूध आयातमा लगाइएको प्रतिबन्धको डेरी सङ्घद्वारा स्वागत

झापा —कोशी प्रदेशको डेरी उद्योग सङ्घले नेपाल सरकारद्वारा दुग्धजन्य पदार्थको आयातमा लगाइएको प्रतिबन्धको स्वागत गरेको छ । सङ्घमा आबद्ध आठ ठूला डेरी उद्योगका सञ्चालकको शनिबार दमकमा सम्पन्न बैठकले हालै दुग्धजन्य पदार्थको आयातमा सरकारले लगाएको प्रतिबन्धले स्वदेशी डेरी उद्योगलाई राहत पुग्ने ठहर गरेको हो । ‘सङ्घले सात बुँदे निर्णय गरेको छ’, सङ्घका संयोजक रामचन्द्र उप्रेतीले भने, […]

Continue Reading

इलाम र बझाङमा वैशाख १५ गते उपनिर्वाचन

झापा- निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेशसभा सदस्य उप निर्वाचनको मिति तोकेको छ । इलाममा रिक्त एक प्रतिनिधिसभा सदस्य र बझाङमा रिक्त प्रदेशसभा सदस्य एक पदका लागि आगामी वैशाख १५ गते उपनिर्वाचन मिति तोकिएको आयोगले जनाएको छ । ‘आइतबार बसेको निर्वाचन अयोगको बैठकले २०८१ वैशाख १५  गते शनिबार ति दुई क्षेत्रमा उपनिर्वाचन गर्ने निर्णय गरेको […]

Continue Reading

आजदेखि २४ जिल्लामा दादुरा–रुबेला खोप अभियान

झापा — दादुरा–रुबेला खोप अभियान आजदेखि सुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देखि चैत्र ७ गतेसम्म सो खोप अभियान सञ्चालन गरेको हो राष्ट्रिय खोप कार्यक्रम दादुरा–रुबेला खोप अभियान २०८०–२०८१ कार्यक्रम सञ्चालन निर्देशिका अनुसार विगत एक वर्षमा दादुरा रोगको महामारी भएको स्थान र दादुरा रोगका बिरामीको उमेरलाई विश्लेषण गरेर यस अभियानमा दादुरा–रुबेला खोप […]

Continue Reading

आइतबारदेखि देशभर दादुराविरुद्ध खोप अभियान,मोरङमा करिव ३ लाख बालबालिकालाई खोप लगाइँदै

झापा — सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत यही फागुन १३ देखि चैत ७ गतेसम्म जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ । अभियानअन्तर्गत मोरङमा करिब ३ लाख बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय मोरङले अभियान अन्तर्गत २ लाख ८१ हजार बालबालिकाहरूलाई खोप लगाउने लक्ष्य लिइएको छ । १५ दिने […]

Continue Reading

एमाले गौरादहको अधिबेशन २०८१ जेठ ४ र ५ गते गर्ने निर्णय

दमक — नेकपा एमाले गौरादह नगर कमिटीको नगर अधिबेशन २०८१ जेठ ४ र ५ गते गर्ने निर्णय भएको छ ।शुक्रबार भएको नगर कमिटीको दशौ पुर्ण बैठकले सो निर्णय गरेको एमाले गौरादह नगर अध्यक्ष मित्रदेव काफ्लेले जानकारी दिए।नेपाल एमाले केन्द्रीय अनुशासन आयोग सदस्य लिला कट्टेल कार्कीको प्रमुख आतिथ्यतामा भएको बैठकमा एमाले प्रदेश उपसचिव जलवर्षा राजवंशी चौधरी, […]

Continue Reading

बाहुनडाँगीबाट मुख्यमन्त्री केदार कार्कीको हात्तीमैत्री पदयात्रा शुरु

झापा —कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले झापाको बाहुनडाँगीस्थित प्रसादगौडाबाट हात्ती प्रभावित क्षेत्रमा पदयात्रा शुरु गर्नु भएको छ । जीव, जनावर, जंगल, जनतामैत्री जिम्मेवार जनप्रतिनिधि भन्ने नारासाथ नेपाल भारत सीमाको मेची खोला किनारस्थीत प्रसादगौंडाबाट बुधबार पदयात्रा शुरु भएको हो । हात्तीको परम्परागत जैविक मार्गको पुनःस्थापना तथा बासस्थानको संरक्षण एवम् मानव–हात्ती द्वन्द न्यूनीकरण गर्दै संरक्षणमा सहअस्तित्व र […]

Continue Reading

शरीरमा आगो लगाएकी बुद्धशान्तिकी रम्तेलको उपचारको क्रममा मृत्यु

झापा-पाँच दिनअघि आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्महत्याको प्रयास गरेकी झापाको बुद्धशान्ति–२ गोपालडाँडा घलेगाउँकी माया रम्तेलको मृत्यु भएको छ ।२८ वर्षीय रम्तेलको आज बिहान उपचारको क्रममा प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।रम्तेलले घरायसी समस्याका कारण छोरी ५ वर्षीय वर्षा विकलाई आफ्नै शरीरमा सलले बाँधेर आगो लगाएकी थिइन् ।रम्तेलले शरीरमा आगो […]

Continue Reading

एमाले पेशागत विशेष जिल्ला कमिटीको अध्यक्षमा पराजुली   

झापा-नेकपा (एमाले)को पेशागत विशेष जिल्ला कमिटीको नवौँ अधिवेशनबाट मोहनकुमार पराजुलीको अध्यक्षतामा ५३ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ । कमिटीको उपाध्यक्षमा सागर शर्मा, सचिवमा जिबी सुनुवार, उपसचिवमा एलडी भुसाल र युवराज लम्साल निर्वाचित हुनुभएको छ । यस कमिटीमा निजामती, शिक्षक, प्राध्यापक, अन्तरसंस्थान, वित्तीय, गैह्रसरकारी, स्थानीय तह, इञ्जिनीयरिङ, सञ्चारलगायत क्षेत्रका प्रतिनिधि छन् । उक्त जिल्ला अधिवेशनको […]

Continue Reading

धरानमा छोराको कुटपिटबाट आमाको ज्यान गयो

झापा-सुनसरीको धरानमा छोराको कुटपिटबाट आमाको निधन भएको छ । धरान ११ कुबिर्ता चोक नजिकै महाबिर चोकका २९ वर्षीय दीपक राईले आफ्नी आमा ४६ वर्षीय रोमनसरी राईलाई कुटपिट गरेका थिए । हिजो सोमवार राती साढे ८ बजेको समयमा आमा-छोरा बिच झगडा हुँदा गरिएको कुटपिटबाट रोमन्सरी गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारको क्रममा बिपी स्वास्थ्य विज्ञान […]

Continue Reading