गौरादह उद्योग वाणिज्य संघ निर्वाचन: २० पदका लागि ३८ उम्मेदवार मैदानमा

मात्रिका पौडेल गौरादह, गौरादह उद्योग वाणिज्य संघको जेष्ठ ९ गते हुने निर्वाचनका लागि २० पदमा ३८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। प्रमुख निर्वाचन अधिकृत डिल्लीराम अधिकारीका अनुसार अध्यक्षदेखि सदस्यसम्म विभिन्न पदमा प्रतिस्पर्धा हुने भएको छ। गौरादहको व्यावसायिक नेतृत्व चयनका रूपमा हेरिएको निर्वाचनलाई स्थानीय व्यवसायीहरूले विशेष महत्वका साथ लिएका छन्।अध्यक्ष पदमा इश्वर कुमार खत्री (अधिकारी), दिल […]

Continue Reading

निर्वाचन आचारसंहिता भोलिदेखि लागु हुने

दमक /निर्वाचन आचारसंहिता भोलिबाट लागु हुने भएको छ । निर्वाचन आयोगले भोलिबाट आचारसंहिता लागु गर्न लागेको जानकारी दिएको छ । आचारसंहिता यसअघि नै जारी भइसकेको छ । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदै छ । निर्वाचनका लागि माघ ६ गते उमेदवारी मनोनयन दर्ताको मिति तोकिएको छ ।

Continue Reading

एमाले अध्यक्ष ओली दुई दिने बसाइँका लागि झापा आउँदै

समीक्षा भण्डारी झापा/ नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली दुई दिने बसाइँका लागि झापा आउने भएका छन्।नेकपा एमाले झापा जिल्ला सचिव तुलसी कार्कीका अनुसार अध्यक्ष ओली यही माघ ५ गते चन्द्रगढी विमानस्थल हुँदै दमक आउने कार्यक्रम रहेको छ। दमकमा ओलीले पार्टीका नेता–कार्यकर्ता तथा समर्थकहरूसँग भेटघाट गर्नेछन्।त्यसैगरी, माघ ६ गते प्रतिनिधिसभा निर्वाचनका लागि […]

Continue Reading

एमाले केन्द्रीय कमिटी बैठक आज, प्रतिनिधिसभा निर्वाचन रणनीतिमा छलफल

झापा / नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्दैछ। बैठक शनिबार बिहान ११ बजे ललितपुरस्थित मेजेस्टिक ग्रेन्ड पार्टी प्यालेसमा आयोजना हुनेछ।एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीका अनुसार बैठकमा आगामी प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राखेर पार्टीको रणनीति तय गर्ने, समसामयिक राजनीतिक परिस्थितिबारे समीक्षा गर्ने र आवश्यक निर्णय लिने एजेन्डा रहेको छ।गत पुस ४ गते […]

Continue Reading

झापा ३ मा एमालेबाट ५ जनाको नाम सिफारिस

झापा /फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले झापा क्षेत्र नं. ३ बाट ५ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ । आज सम्पन्न क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं. ३ को बैठकले जिल्लालाई ५ जनाको नाम सिफारिस गरेका हो । बैठकले प्रत्यक्ष तर्फको उम्मेदवारका रुपमा दिपक कार्की, देवेन्द्र आचार्य, बसन्त बानियाँ,सन्तलाल मेचे […]

Continue Reading

झापा ४ मा साँवा सहित तीन जनाको नाम सिफारिस

झापा -आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेले झापा क्षेत्र नं ४ बाट एलपी साँवा सहित तीन जनाको नाम सिफारिस गरिएको छ ।निर्वाचन क्षेत्रीय कमिटीले दिएको जानकारी अनुसार हिरा थापा र भोजकुमारी नेपाललाई पनि उम्मेद्वारको रुपमा सिफारिस गरिएको छ ।साँवाले यस क्षेत्रबाट २०७४ र ०७९ को निर्वाचनमा विजयी हासिल गर्नुभएको थियो । २०७० को […]

Continue Reading

झापा ५ बाट केपी शर्मा ओली सर्वसम्मत उम्मेदवार सिफारिस

नवीन योगी दमक । आगामी निर्वाचनका लागि झापा ५ बाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम सर्वसम्मत रूपमा उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।नेकपा एमाले झापा निर्वाचन क्षेत्र नम्बर ५ को आज बसेको बैठकले प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा ओलीको एकल नाम सिफारिस गर्ने निर्णय गरेको एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिए।यसअघि २०७४ र २०७९ सालको […]

Continue Reading

दमक बहुमुखि क्याम्पसमा स्वतन्त्र प्यानलका बस्नेत निर्बाचित

दमक /दमकस्थित दमक बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा स्वतन्त्र प्यानलका भूपेन्द्र बस्नेत (भूवन) निर्वाचित भएका छन् ।अन्तिम मतपरिणाम अनुसार उनका निकटतम प्रतिद्धन्द्धी अनेरास्ववियुका निशम अधिकारीलाई ४४ मतअन्तरले पराजित गर्दै बस्नेत सभापतिमा निर्बाचित भएका हुन् । बस्नेतका पक्षमा ६६८ मत खसेको थियो ।अधिकारीका पक्षमा ६२४ मत खसको निर्बाचन समितीले जनाएको छ ।यस्तै सचिबमा अनेरास्यबियूका राकेश खड्का, कोषाध्यक्षमा […]

Continue Reading

गौरादह कृषि क्याम्पसको चुनाव: सभापतिमा नेविसंघ, बाँकी सबै पदमा अनेरास्ववियू विजयी

झापा/ झापाको गौरादह कृषि क्याम्पसमा सम्पन्न विद्यार्थी संघको निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) र अनेरास्ववियूबीच रोचक प्रतिस्पर्धा देखिएको छ। अन्तिम मत परिणामअनुसार सभापति पदमा नेविसंघका स्वर्णिम अधिकारी निर्वाचित भएका छन् भने बाँकी सबै पदमा अनेरास्ववियूका उम्मेदवारले जित हासिल गरेका छन्। सभापति पदका लागि भएको निर्वाचनमा अधिकारीले १२० मत प्राप्त गरी विजयी बनेका हुन्। त्यस्तै, सचिव […]

Continue Reading

गौरादह क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका पौडेल निर्वाचित

गौरादह/गौरादह बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका तुलसीराम पौडेल निर्वाचित भएका छन् । सचिवमा राप्रविसंघका अन्जन राई र कोषाध्यक्षमा अनेरास्ववियु (क्रान्तिकारी) का प्रमेश कार्की निर्वाचित भएका छन् । सो क्याम्पसमा तीन संगठनबीच तालमेल भएको थियो । सभापतिमा पौडेलले १५२ र नेविसंघका उम्मेदवार मदन प्रसाद सिटौलाले ६६ मत प्राप्त गरेका थिए । यस्तै सदस्यहरुमा अनेरास्ववियुको उम्मेदवारी दिपिका […]

Continue Reading