झापा / नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्दैछ। बैठक शनिबार बिहान ११ बजे ललितपुरस्थित मेजेस्टिक ग्रेन्ड पार्टी प्यालेसमा आयोजना हुनेछ।
एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीका अनुसार बैठकमा आगामी प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राखेर पार्टीको रणनीति तय गर्ने, समसामयिक राजनीतिक परिस्थितिबारे समीक्षा गर्ने र आवश्यक निर्णय लिने एजेन्डा रहेको छ।
गत पुस ४ गते सम्पन्न पहिलो केन्द्रीय कमिटी बैठकले पुस २६ देखि २८ गतेसम्म दोस्रो केन्द्रीय कमिटी बैठक आह्वान गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार बस्न लागेको यस बैठकलाई प्रतिनिधिसभा निर्वाचनको तयारीका दृष्टिले महत्वपूर्ण मानिएको छ।
पार्टी नेतृत्वले बैठकमार्फत निर्वाचन केन्द्रित कार्यदिशा, संगठन सुदृढीकरण र भावी राजनीतिक रणनीतिबारे स्पष्ट मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



