गौरादह उद्योग वाणिज्य संघ निर्वाचन: २० पदका लागि ३८ उम्मेदवार मैदानमा

ताजा समाचार निर्वाचन मुख्य समाचार

मात्रिका पौडेल

गौरादह, गौरादह उद्योग वाणिज्य संघको जेष्ठ ९ गते हुने निर्वाचनका लागि २० पदमा ३८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। प्रमुख निर्वाचन अधिकृत डिल्लीराम अधिकारीका अनुसार अध्यक्षदेखि सदस्यसम्म विभिन्न पदमा प्रतिस्पर्धा हुने भएको छ। गौरादहको व्यावसायिक नेतृत्व चयनका रूपमा हेरिएको निर्वाचनलाई स्थानीय व्यवसायीहरूले विशेष महत्वका साथ लिएका छन्।
अध्यक्ष पदमा इश्वर कुमार खत्री (अधिकारी), दिल बहादुर अधिकारी (खत्री) र प्रकाश बास्कोटाबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ। प्रथम उपाध्यक्षमा तारा कुमार श्रेष्ठ र भानु सुबेदी आमनेसामने हुनेछन् भने द्वितीय उपाध्यक्षमा अनिश कार्की र मात्रिका भट्टराईबीच प्रतिस्पर्धा रहनेछ। तृतीय उपाध्यक्ष पदका लागि प्रेम बहादुर बस्नेत र सरद कुमार थापाले उम्मेदवारी दिएका छन्।
महासचिव पदमा परमेश्वर शाह र हरिचन्द्र अधिकारीबीच सीधा प्रतिस्पर्धा हुनेछ भने कोषाध्यक्षमा दिपक कुमार उप्रेती र दुर्गा प्रसाद शाह चुनावी मैदानमा छन्।
खुल्ला सदस्यतर्फ ७ पदका लागि १३ जनाले उम्मेदवारी दिएका छन्। यसमा कृष्ण शर्मा, क्रितेंद्र ढुंगाना, देव बहादुर कटुवाल, ध्रुव गिरी, प्रेमा धिमाल, भक्ति प्रसाद ढुंगाना, मोहन वराइली, युवराज वास्तोला, लक्ष्मी प्रसाद उप्रेती, लिलामणि घिमिरे, लोकनाथ आचार्य (लोकेन्द्र), सुपेन्द्र शाह र सुवाश श्रेष्ठ रहेका छन्।
महिला सदस्यतर्फ २ पदका लागि निर्मला वास्कोटा, विनिता देवी भण्डारी, मुना पोखेल र मेनुका पोखेल चुनावी प्रतिस्पर्धामा छन्।
वडागत सदस्यतर्फ वडा नं. १ मा दुर्गा प्रसाद अधिकारी र पुष्पलाल भारती, वडा नं. २ र ३ मा सुजन कार्की र हिरण्य कुमार खुलाल, वडा नं. ४, ५ र ६ मा दिल बहादुर श्रेष्ठ र वालकृष्ण दाहाल, वडा नं. ७ र ८ मा शंकर प्रसाद अधिकारी तथा वडा नं. ९ मा गजेन्द्र ढुंगाना उम्मेदवार बनेका छन्।
निर्वाचनबाट अध्यक्ष, प्रथम, द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, ७ खुल्ला सदस्य, २ महिला सदस्य तथा विभिन्न वडाबाट प्रतिनिधित्व गर्ने सदस्य चयन गरिनेछ। स्थानीय व्यापारिक क्षेत्रको भावी नेतृत्व तय गर्ने भएकाले यस निर्वाचनलाई गौरादहको व्यवसायिक वृत्तमा चासोका साथ हेरिएको छ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *