गौरादह/गौरादह बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका तुलसीराम पौडेल निर्वाचित भएका छन् । सचिवमा राप्रविसंघका अन्जन राई र कोषाध्यक्षमा अनेरास्ववियु (क्रान्तिकारी) का प्रमेश कार्की निर्वाचित भएका छन् । सो क्याम्पसमा तीन संगठनबीच तालमेल भएको थियो ।
सभापतिमा पौडेलले १५२ र नेविसंघका उम्मेदवार मदन प्रसाद सिटौलाले ६६ मत प्राप्त गरेका थिए । यस्तै सदस्यहरुमा अनेरास्ववियुको उम्मेदवारी दिपिका कार्की र राप्रविसंघका हेमकुमार ताजपुरिया निर्वाचित भएका छन् ।
What do you feel about this post?
0%

Like
0%

Love
0%

Happy
0%

Haha
0%

Sad
0%



