झापा ५ बाट केपी शर्मा ओली सर्वसम्मत उम्मेदवार सिफारिस

Share


नवीन योगी

दमक । आगामी निर्वाचनका लागि झापा ५ बाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम सर्वसम्मत रूपमा उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।
नेकपा एमाले झापा निर्वाचन क्षेत्र नम्बर ५ को आज बसेको बैठकले प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा ओलीको एकल नाम सिफारिस गर्ने निर्णय गरेको एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिए।
यसअघि २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा समेत ओली झापा ५ बाट उम्मेदवार बनेर विजयी भएका थिए।
झापामा पाँचवटा निर्वाचन क्षेत्र रहेका छन्। ती सबै क्षेत्रमा आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्ने उद्देश्यले आज विभिन्न क्षेत्रीय बैठकहरू आयोजना गरिएको जनाइएको छ।

ताजा समाचार